ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ आज बन्द हुँदै
वि.सं.२०८१ चैत ३ आइतवार
काठमाडौं। ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी (डबल बी माइनस इस्यूअर) रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता (मध्यम जोखिम) रहेको संकेत गर्दछ।
चैत २ गते शनिबारसम्म आईपीओमा १६ लाख १८ हजार ९७८ जनाले १ करोड ९६ लाख ४३० कित्ताका लागि आवेदन दिएका छन्।
प्रकाशित समय : १०:४० बजे



















