back

बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. काफ्ले नियुक्त

काठमाडौं । विकास अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा।काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्र्तवार्तापश्चात अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए । प्रतिवेदनको मस्यौदामा डा। काफ्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो । अब व्यास नगरपालिकाका डा। काफ्लेले सोही प्रतिवेदन कार्यान्वयनको महत्वपूर्ण निकायको कार्यकारीको जिम्मेवारी प्राप्त गरेका हुन् ।

यसअघि डा. काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम शुरु गरेका थिए । राहत रकममा ४ सय प्रतिशत वृद्धि तथा बीमामा शत प्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बीमा कार्यक्रम उनले आरम्भ गरेका थिए ।

डा. काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् । अर्थशास्त्रमा विद्यावारिधी डा।काप्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।

nactional life
Corporatebazar 11 Anniversary

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४१

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा...

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

वि.सं.२०८२ चैत १६ सोमवार १७:२१

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा...

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले...

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले...

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:२४

काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:०५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री...