back

नेपालकै ठूलो डीडब्लु आइटी फेयरमा २९ कम्पनीको प्रदर्शनी : युवाहरुको विशेष चासो

आइटी अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै आइटी फेयरको सातौं संस्करण आयोजना

काठमाडौं । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले विभिन्न २९ कम्पनीको सहभागितामा नेपालकै ठूलो डीयरवक डीडब्लु आइटी फेयर २०२५ आयोजना गरेको छ ।

काठमाडौंको सिफलमा रहेको डीयरवाक कलेजले आइटी अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै आइटी फेयरको सातौं संस्करण आयोजना गरेको हो। फेयरमा आइटी पढेर रोजगारीको खोजीमा रहेकादेखि पढ्दै गरेका विद्यार्थीसम्म सहभागी छन् ।

फेयरका कार्यक्रम संयोजक श्याम सुन्दर खतिवडाले जब फेयरमार्फत रोजगारदातालाई जोड्ने काम हुने बताए। जब फेयरले आइटी क्षेत्रलाई योग्य जनशक्तिको छनौट गर्ने गरेको समेत उनले जानकारी दिए।

‘फेयरमा आइटीका विभिन्न २९ वटा कम्पनीहरुको सहभागिता छ, मेला विद्यार्थी र कम्पनीका लागि आफ्ना भ्याकेन्सीलाई पूरा गर्नका लागि अवसर बनेको छ’ खतिवडाले भने। उनका अनुसार सन २०१६ देखि यो मेला आयोजना हुँदै आएको छ। मेलामा अवलोकनकर्ता वर्षैपिच्छे बढिरहेका छन। गत वर्ष मात्र २४ सय विद्यार्थीले मेलाको अवलोकन गरेका थिए।

खतिवडाले मेलामा आइटी पढेका विद्यार्थीले रोजगारीका लागि आफुले जानेको योग्यता अनुसार आफ्नो बायोडाटा बुझाउन सक्ने बताए। ‘यो नेपालकै ठूलो आइटी फेयर हो, यहाँ आएर आइटीका विद्यार्थीले आफुले जानेको योग्यता अनुसार आफ्नो बायोडाटा बुझाउन सक्ने छन, त्यसपछि उनीहरु छनौटमा सहभागी हुनेछन’, खतिवडाले मेलाबारे जानकारी दिंदै भने।

के छ आइटीमा सम्भावना

मेलामा अघिल्ला वर्ष सहभागी कम्पनी र अहिले आएका कम्पनीको उत्साहले आइटी क्षेत्रमा सम्भावना पहिले भन्दा बढ्दै गएको देखिएको खतिवडा बताउँछन।

अहिले नेपालतर्फ विदेशी आइटी कम्पनीहरुसमेत आउनेक्रम बढेको उनको भनाइ छ। त्यसले पनि नेपालको आइटी क्षेत्रमा सम्भावना बढेको देखिएको उनको दाबी छ।

यस्तै आइटी क्षेत्रका विद्यार्थीहरु विदेश गएर पनि टेक्निकल अनुभव प्राप्त गरेर नेपाल नै फर्किएको पाइएको उनले बताए। यसरी अनुभव प्राप्त ब्यक्तिहरुले आइटीमार्फत आफ्नै घरमा बसेर चारपाँच लाखसम्म कमाइरहेको उनको भनाइ छ।

उनले काठमाडौ भित्रका सबै आइटी कलेजलाई मेलाका लागि निमन्त्रणा गरिएको बताए। विद्यार्थीले मेलामा आफ्नो अनुभव, प्राथमिकतासहित आफ्नो बायोडाटा लिएर आउन सक्ने उनले जानकारी दिए। ‘कुन कम्पनिमा आफू योग्य छु भन्ने लाग्छ त्यही अनुसार छनौट गरेर विद्यार्थी आउन सक्नेछन्’, खतिवडाले जानकारी दिंदै भने।

डियरवाक ग्रुपका अध्यक्ष क्याम्पस प्रमुख हितेश कार्कीले २०११ मा स्थापना भएको कलेजले २०१६ मा पहिलो पटक मेला आयोजना गरेको बताए। उनले काठमाडौमा विद्यार्थीहरु आइटीसम्बन्धी रोजगारी कहाँ कसरी पाइन्छ भन्ने जानकारी बिना नै अध्ययन गरिरहेको पाइएकाले मेलामार्फत सम्पूर्ण जानकारी दिइने गरिएको उनको भनाइ छ।

‘कम्प्युटर साइन्स पढिरहेका विद्यार्थी काठमाडौमा धेरै छन, तर काम कसरी गर्ने भन्ने जानकारी सबैलाई छैन, सो विषयमा जानकारी दिने उद्देश्यका साथ हामीले आइटी मेलाको सुरुवात गरेका हौं,’ उनले भने।

‘मैले यो टेक्नोलोजीले के पाउँछु भन्ने जानकारी मेलाबाट पाइने कार्की बताउँछन। मेलामार्फत एउटा कम्पनीले १५–२० जनाको जनशक्ति लिइरहेको पाइएको उनले बताए। यस्तै नेपालमा आइटीको क्षेत्रमा के के काम हुँदैछ भन्ने जानकारी मेलाबाट पाइने छ।
‘एआइको फाइदा लिएर आइटी क्षेत्रको जबलाई झनै परिपक्व बनाउन सहयोग पुग्ने अहिलेको अवस्था छ, एआइले जब लाने होइन, त्यसलाई प्रयोग गरेर अर्को परिपक्व काम गर्ने हो, अबको टेक्नोलोजी त्यता जाँदैछ, मेलामार्फत टेक्नोलोजीको विकसित प्रयोगको विषयमा बहस र छलफल भैरहेको छ,’ कार्कीले भने।

‘नेपाली विद्यार्थी बाहिर गएर पढ्छन भने नेपालमा विदेशीलाई पढ्न किन ल्याउन नसक्ने मेडिसिन पढ्न आउन सक्छन भने आइटी पढ्न आउन किन नसक्ने  राज्यले त्यही अनुसार आइटी नीति बनाइदिनु पर्छ,’ आइटीका क्षेत्रमा नीतिगत सुधार राज्यले नै गर्नुपर्ने औंल्याउँदै उनले अघि भने,‘पढेर परीक्षा दिएपछि नतिजा आउन समय लगाउने नीतिले विदेशी विद्यार्थी ल्याउन सकिन्न, हामीसँग क्षमता छ, अनुभव छ तर राज्य पनि नितिगत तहबाट अघि बढ्नु पर्छ।’

मेलामा सहभागी कम्पनी ‘मैत्री’का अभिनायक स्वाँरले मैत्रीले नेपालमा सफ्टवेयर निर्माणको काम गरिरहेको बताए। सो कम्पनीले अमेरिकामा भएको कम्पनिलाई इन्जिनियरिङ डिपार्टमेन्ट मार्फत काम गरिरहेको उनले जानकारी दिए।
‘यहाँ बसेर पनि विश्वको माग अनुसारको सफ्टवेयर बनाउन सक्ने योग्यता भएका ब्यक्तिहरु नेपालमा छन, ईन्टरनेटको समयमा डाटालाइ केलाएर काम गर्न सक्ने जनशक्ति नेपालमा छ, नेपालमा मासिक चारपाँच लाख कमाइरहेका ब्यक्ति धेरै छन, आजका दिनमा यो संख्या बढ्दो छ, हामीले ती ब्यक्तिलाई केन्द्रमा राखेर काम गरिरहेका छौं’, उनले भने।

स्वाँरले नेपालमा आइटी पढाउन सक्ने कलेज धेरै रहेको भन्दै कलेज नै नगएर पनि काम गर्न सक्ने क्षमता भएका ब्यक्तिहरुले आइटीका क्षेत्रमा काम गरिरहेको बताए। विश्वमा गुगल, एप्पल लगायतका कम्पनीमा काम गरिरहेका नेपालीहरु पनि रहेको उनले जानकारी दिए।
‘नेपालमा पनि अहिले सफ्टवेयर बनाउने काम बढेको छ, यहींको मार्केटमा, बैंकिक क्षेत्रमा, हेल्थ केयरमा सफ्टवेयर मार्फत काम भैरहेको छ’, उनले अघि थपे। मैत्रीले डेढ बर्षदेखि नेपालमा काम गरिरहेको छ। सो कम्पनीले टेक्निकल अन्तर्वार्ता, फर्मल अन्तर्वार्तामार्फत जनशक्ति छनौट गर्ने गरेको छ।

सिफलमा रहेको डीयरवाक कलेजकी निर्देशक निजु दाहालले कलेज ग्राजुएटहरु रोजगारीको अन्योलमा भएकाले राम्रो कम्पनी छनौटका लागि मेला एउटा अवसर बन्दै आइरहेको जानकारी दिइन। सो कलेजमा मार्केटिङ इन्टन्र्सिप गरिरहेकी सिएसआइटीकी विद्यार्थी एन्सा भण्डारीले विश्व नै आइटीमा अगाडि बढिरहेको भन्दै आफुले आइटी विषय रोजेको बताइन।
यस्तै सिएसआइटीकी अर्की विद्यार्थी सदिक्षा घिमिरेले नेपालमा मत्र नभएर विश्वको जुनसुकै कुनामा गएर पनि काम गर्न सकिन्छ भनेर आइटी विषय रोजेको बताइन। उनी डीयरवाकमा ग्रुप इन्टर्नमा प्रोजेक्ट म्यानेजरका रुपमा कार्यरत छिन।

सोही कलेजका सफ्ट्वेयर क्लब अध्यक्ष दिपन सिलवालले आइटीका विद्यार्थीहरुका लागि नेपालमा नै पर्याप्त अवसर रहेको आफुले पाएको बताए। आफ्नो सीप र योग्यताले आइटीका विद्यार्थीले नेपालमा रोजगारी पाउने सम्भावना आफुले देखेको उनले बताएका हुन।
सोही कलेजका सफ्ट्वेयर क्लब अध्यक्ष दिपन सिलवालले आइटीका विद्यार्थीहरुका लागि नेपालमा नै पर्याप्त अवसर रहेको आफुले पाएको बताए। आफ्नो सीप र योग्यताले आइटीका विद्यार्थीले नेपालमा रोजगारी पाउने सम्भावना आफुले देखेको उनले बताएका हुन।

मेलामा तीन हजार बढीले अवलोकन गरेका छन् । सहभागी कम्पनीहरूले इन्टर्नशिपका साथै पूर्णकालीन र आशिंक जागिरका लागि आवदेनहरु लिएका छन् ।

 

 

 

nactional life
Corporatebazar 11 Anniversary

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०७

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धको जहाजलाई सही...

भोलिको विश्वलाई बुझ्न डायस्पोराको विज्ञता आवश्यक छ : परराष्ट्र मन्त्री

भोलिको विश्वलाई बुझ्न डायस्पोराको विज्ञता आवश्यक छ : परराष्ट्र मन्त्री

वि.सं.२०८३ जेठ ३ आइतवार १७:१४

काठमाडौँ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले युवा तथा डायस्पोरा (प्रवासी नेपाली)...

नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ ३ आइतवार १६:५०

काठमाडौं । खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा...

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:२२

एजेन्सी । बिहीबार साँझ चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:२०

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघलाई उच्च प्राथमिकता दिएको जनाएको...

विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:१३

सुर्खेत । एमालेबाट निर्वाचित वडाध्यक्ष आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध मुख्यमन्त्री कार्यालयको...