back

औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइयो : प्रधानमन्त्री ओली

nactional life

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको बताएका छन् । मंगलबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको कारण आयुर्वेद वैद्य बाहेक अरुले जान्दैनन् भन्ने बाहाना बनाइएको बताएका हुन् ।

उनले भने, ‘औषधि विज्ञानलाई कमाई खाने भाडो बनाइयो त्यसलाई प्रचारको विषय बनाइएन । त्यसैले आयुर्वेद वैद्य बाहेक अरुले जान्दैनन् मात्रा मिलेन भने तल माथि पर्न सक्छ भन्ने बाहाना बनाइयो । यो गोप्य राखियो र आफ्ना सन्तानले कमाएर खाउन भनेर सन्तानलाई मात्रै सिकाउने र वैद्यको छोरालाई मात्र वैद्य बनाउने, यस प्रकारको चलन चल्यो जसले गर्दा हामी सन्तानमा खुम्चिऔं ।’

अहिले पनि साढे ५४ लाख तिरेर सरकारले विद्यार्थी पढाइराखेको भन्दै स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न नमिल्ने बताए । शिक्षा खेलवाड गर्ने थलो नभएको भन्दै प्रधानमन्त्री ओलीले शिक्षाको उन्नतीको लागि व्यविस्थत कदम चाल्नुपर्ने बताए । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न मिल्छ र ? अहिले पनि साढे ५४ लाख सरकारले तिरेर विद्यार्थी पढाइराखेको छ ।

अनि सरकारले केही गरेन भन्ने ? सरकारले धेरैलाई किन पढाउन सकेन सिमित किन गर्नुपर्याे भने हामी विद्यार्थी फि २३ लाख पनि तिर्न पर्ने त्यसको आधा साढे ११ लाख सञ्चालन खर्च पनि सरकारले दिनपर्ने १९ लाख जति फेरी काम गरे वापत पनि दिन पर्ने गर्दा साढे ५४ लाख पुग्छ । नसक्ने कुराहरु भन्दा सक्ने कुराहरु आफै तिरेर पढ्न दिन पढ्छ हस्पिटल, इकुमेन्ट सेवा सुविधा, डाक्टर नर्स बढाउनुपर्छ ।

हामीले सन्तुलन ढंगबाट जानुपर्छ । शिक्षा खेलवाड गर्ने थलो होईन् । त्यसको उन्नतीको लागि व्यस्थित कदम चाल्नुपर्छ ।’ उनले सरकारले अन्दाधन्दा नभई सोच विचार गरेर देशको पक्षमा, जनतालाई सवल बनाएर अगाडि बढाउने पक्षमा काम गर्ने दाबी गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन समेत गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...