back

प्रविधिमैत्री संरचना र स्मार्ट सिटी निर्माणमा ललितपुर महानगर

स्मार्ट सिटीको काम धेरै भइरहेको छ तर काम बाँकी छ

nactional life

ललितपुर- ललितपुर महानगरका प्रविधिमैत्री बन्दै स्मार्ट सिटी निर्माणको कामलाई गति दिएको छ । महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर नयाँ कामको थालनी गरिसकेको छ ।

महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरी तीन निकायको समन्वयमा लाइट जडान भएपनि नयाँ प्रविधिमा अभ्यस्त नहुँदा केही समस्या आइरहेको महानगरपालिकाका सहरी विकास प्रमुख श्रीकुमार महर्जनको भनाइ छ ।

बत्तीले गाडीहरुको चापलाई रिड गरेर भोलिको लागि तालिका बनाउने हुँदा भिआइपीको सवारी हुँदा पनि लाइट बन्द नगर्ने पनि उनले बताए ।
उनले भने, ‘इन्टेलिजेन्ट ट्राफिक लाइटको सिस्टम नेपालमा अहिलेसम्म नभएको प्रविधि हो । यो आफै रिड गरेर चल्छ, कुपण्डोलबाट ललितपुरभित्र आएपछि लगभग ६ स्थानमा जडान भएको छ । इन्टेलिजेन्ट ट्राफिक लाइटले सुरुमा गारो भएको थियो । महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरीबिच समन्वयमा हुनुपर्ने हो । हामीले जडान त गर्यौ तर बानी नपरेको हुनाले अलि समस्याहरु आएको थियो ।’

यसको साथै महानगरलाई स्मार्ट सिटी बनाउनको लागि थुप्रै कामहरु भइरहेको पनि उनले जानकारी दिए । पुल र बत्तीको काम पहिलो प्राथमिकतामा राखिएको र कुसुन्ति साथै धोबीघाटमा पुल निर्माण भइरहेको उनले बताए ।
यस्तै, महर्जनका अनुसार अहिले पार्किङ्को धेरै समस्या भएको कारण यसमा पनि काम भइरहेको छ र सांस्कृतिक क्षेत्रहरुमा सवारी साधनहरुलाई कसरी कम गर्ने अथवा चलाउन नै नदिने भन्ने कुरामा पनि अभ्यासहरु भइरहेको छ ।

उनले भने, ‘स्मार्ट सिटीको काम धेरै भइरहेको छ तर काम बाँकी छ । सबैभन्दा ठूलो कुरा भनेको हामीले दिने सेवामा हो, संरचनाहरुको काम त भइरहेको छ । पाटन अस्पताल अगाडि पनि पुल बनाउन खोजी रहेका छौ । विशेषगरी पार्किङलाई व्यवस्थित गर्ने प्रयासमा छौं । हाम्रो सांस्कृतिक क्षेत्रहरुमा सवारी साधनलाई कसरी कम गर्ने अथवा चलाउन नै नदिने भन्ने कुरामा पनि अभ्यासहरु भइरहेको छ ।’
उनले सातदोबाटो–चाँपागाउँ र एकान्त कुना क्षेत्रमा फ्लाई ओभरको कामलाई सरकारले गर्न सके राम्रो हुने बताए ।

यसको साथै, इन्टेलिजेन्ट ट्राफिक लाइट पनि एकान्तकुना हुदैँ भैसीपाटी र त्यहाँभन्दा माथि चुनिखेलसम्म, दोस्रो रुट जवालाखेलबाट सातदोबाटो हुदैँ गोदावरी जाने बाटोमा र पुल्चोकबाट मंगलबजार हुदैँ ग्वार्कोसम्म गरी तीन ठाँउमा जडान गर्ने प्रोजेक्ट अघि बढ्ने उनले बताए ।
महानगरपालिकाले संस्कृती र परम्परालाई संरक्षण गर्ने उद्देश्यले विभिन्न योजनाहरु पनि अघि सारेको उनले बताए । पुरानोशैलीको घरलाई भूकम्परहित घर कसरी बनाउन सकिन्छ भन्ने कुरामा अध्ययन भइरहेको र यसको वैज्ञानिक रिपोर्ट पनि केही महिनामा नै आउने उनले बताए । हुँदा कार्यविधि अथवा नियम बनाएर नै पुरानोशैलीको घरको नक्सा पास गर्ने प्रक्रियामा रहेको पनि महर्जनको भनाई छ ।

उनले भने, ‘हाम्रा पुराना शैलीका घरहरु बनाउने योजनामा केही समस्या आएको छ । यसमा हामी ब्याक नै भएको अवस्था छ । त्यही भएर पनि पुरानो घरप्रतिको इच्छा घट्दै गइरहेको छ । तर कसैले माटोको नै बनाउँछौं भन्ला, कसैले इट्टाको नै बनाउछु भन्यो भने त्यस कुरामा अध्ययन गरिरहेको छौं । तिनीहरुलाई कसरी एड्रेस गरेर भूकम्परहित घर बनाउन सकिन्छ भन्ने कुरामा अध्ययन गरिरहेको छौं । त्यसको बैज्ञानिक रिपोर्ट एक दुई महिनामा नै आउँछ । कार्यविधि अथवा नियम नै बनाएर नै नक्सा पास गर्ने प्रकृयामा छौं ।’

उनका अनुसार पुरानो घर बनाउँदा पैसा सकिने भन्दा पनि जोखिम हुन्छ । सम्पदा क्षेत्रमा पाटीपौवा, मठ मन्दिरहरु बनाउन दक्ष जनशक्ति समस्या भएकाले पुराना शैलीका घर बनाउन पनि दक्ष जनशक्तिको अभाव रहेको सुनाए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वि.सं.२०८३ असार २ मंगलवार १२:१४

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि...

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

वि.सं.२०८३ असार २ मंगलवार ०८:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक...

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

वि.सं.२०८३ असार १ सोमवार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ...

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

वि.सं.२०८३ असार १ सोमवार १२:४१

इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो...

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:१७

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक...

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति...