back
Naima

दुर्लभ भाषा संरक्षण र विकासका लागि ध्यान दिनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।

अन्तराष्ट्र्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दैै मन्त्री पाण्डेले लोपउन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘लोपउन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै रहेछन। दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ ।’

उनले भाषा नभए मानिसको जिन्दगी निरस हुने बताए । उनले प्रत्येक भाषाले छुट्टा छ्ट्टै सन्देश दिने, अर्थ राख्ने, संवेदनशिलता, दर्शन, इतिहास सभ्यता बोक्ने पनि बताए । मन्त्री पाण्डेले ज्ञानको बहुआयामिक जोगाउनका लागि पनि भाषाको महत्व बढ्दै गएको बताए ।

उनले मुलुकमा हाल १३१ वटा भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत बताए । मन्त्री पाण्डेले भाषा अभौतिक सम्पदा जस्तै भए पनि यसले भौतिक कुराको पनि सेतुको काम गरिरहेको उल्लेख गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...