back

सेवा निवृत्त सेना र प्रहरीको अनुभवबाट समाजले लाभ लिन सकेन् : माधव ढुङ्गेल

nactional life

रामेछाप । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले भूतपूर्व सेना र प्रहरीलाई देशले उपयोग गर्न नसकेको बताएका छन् । एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रामेछापको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई मंगलबार मन्थलीमा सम्बोधन गर्दै ढुङ्गेलले नयाँ पुस्ताका युवा र शैक्षिक संस्थाको प्रशिक्षकका रूपमा पूर्वसैनिक र प्रहरी परिचालन गर्न सकिने बताए ।

युवा, विद्यार्थी र समुदायलाई अनुशासनको पाठ पूर्वसैनिक र प्रहरीले सिकाउन सक्ने उनको धारणा छ । ‘सेवा निवृत्त सेना र प्रहरीको अनुभवबाट समाजले लाभ लिन सक्नु पर्दछ’, ढुङ्गेलले भने । म बाट हामी बन्नको लागि कम्युनिष्ट भएको बताउँदै उनले मानिसको सीपले समाज परिवर्तन गर्न सकिन्छ भनेर लागेकाहरू माक्र्सवादी भएका स्पष्ट पारे । यस्तो संगठनको चेन भित्र बस्न तयार भएकाहरू लेनिनवादी भएको उनको भनाइ छ ।

भ्रष्टाचार आज देशको प्रमुख चुनौती भएको बताउँदै ढुङ्गेलले कष्ट व्यहोरेर, देश विदेश घुमेर, अनुशासनको पाठ सिकेर आएका भूतपूर्व सेना र प्रहरीले नेपालमा सुशासन अभिवृद्धिको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उनको विश्वास छ । देशलाई शिरमा राखेर काम गर्ने संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन हुनसक्ने ढुङ्गेलको धारणा छ ।

देशलाई समृद्धिको बाटोमा लैजाने राष्ट्रिय शक्ति नेकपा एमाले भएको बताउँदै ढुङ्गेलले यो अभियानमा भूतपूर्व सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका हुने बताए । कम्तीमा पाँच वर्ष कुनैपनि राजनीतिक दलले एकले सरकार सञ्चालन नगर्दासम्म कसले के काम गर्छ भन्ने कुरा थाहा नहुने उनले बताए । ढुङ्गेलले एमालेलाई पाँच वर्षको लागि एकल बहुमत दिएर हेर्न पनि आग्रह गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...