back

समाजमा बुझेकाले अरूले भन्दा बढी योगदान गर्नुपर्छ : विनोद पाण्डे

nactional life

रामेछाप । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डेले नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाभिमान जोगाउन सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रामेछापको दोस्रो जिल्ला अधिवेशनको मंगलबार मन्थलीमा उद्घाटन गर्दै पाण्डेले जो व्यक्तिले जेमा विशेषज्ञता प्राप्त गरेको हुन्छ उनीहरूले त्यसैमा केन्द्रित रहेर काम गर्नुपर्ने बताए । नेपाली सेनाले सँधै राष्ट्र राष्ट्रियताको बारेमा मात्र सोच्ने उनले स्पष्ट पारे ।

‘संसारमा तपाईँ जे हुनुहुन्छ, त्यही काम गर्नुस्, जे काम गर्नुहुन्छ पूर्ण सन्तुष्टिका साथ गर्नुस्’, उनले भने । जसले आफूलाई बिर्सिएर देश, जनता र विश्वको लागि सोच्छ उसैको नाम सबैले सम्झने उनले बताए । ‘संसार बदल्नको लागि मानिस आफैँ परिवर्तन हुनुपर्छ, समाजभन्दा फरक कुनैपनि मानिस हुन सक्दैन, तर समाजमा बुझेकाले अरूले भन्दा केही बढी योगदान गर्नुपर्छ, केही फरक काम गर्नुपर्छ, अबको हाम्रो यात्रा समाज परिवर्तनको यात्रा हो’, उनले भने ।

भूतपूर्व सैनिक र प्रहरी जहिले खुसी हुन्छ त्यति बेला मात्र आफू खुसी हुने पाण्डेले बताए । भूतपूर्व सैनिक र प्रहरीको अप्ठेरोका विरुद्ध लड्नका लागि आफू नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्ष भएको पाण्डेले बताए । ‘तपाईँहरूको जिम्मा म लिन्छु, हाम्रो संगठनले लिन्छ, म कुनै पनि सिपाहीको आँखामा आँसु देख्न सक्दिन’, पाण्डेले भने ।

अहिले समाज विकृतितर्फ गएको बताउँदै पाण्डेले जसले नराम्रो बोल्यो, नराम्रो लेख्यो उही ठुलो हुने स्थिति बनेको बताए । ‘जसले मुन्द्रा लगाएको छ, त्यही ठुलो मान्छे हुन्छ, कुनै विषयमा विद्यावारिधि गरेको मान्छे बोल्न नसक्ने अवस्थामा छ, अहिले समाजको चरित्र यस्तो भएको छ’, उनले भने ।

जुन देशमा सुरक्षा बलियो छ त्यही देश सबैभन्दा बलियो हुने पाण्डेले बताए । नेपाललाई पनि बलियो देश बनाउन देशको सुरक्षा व्यवस्था बलियो बनाउनु पर्ने उनले धारणा राखे । ‘देश बनाउन गाह्रो छ, हामीले धेरै पसिना बगाउनु पर्ने छ’, उने भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...