back

जनयुद्ध नेपाली क्रान्तिको प्रमुख खम्बा : बस्नेत

nactional life

काठमाडौं । नेकपा माओवादीका नेता शक्तिबहादुर बस्नेतले जनयुद्ध नेपाली क्रान्तिको प्रमुख खम्बा भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनयुद्धको जगमा खडा भएको जनआन्दोलन र शान्ति सम्झौता जनक्रान्तिको आयामहरु भएको भन्दै जनयुद्ध नै यसका जग हो भन्दा समस्या नहुने बताए ।

उनले भने, ‘नेपाली जनक्रान्ति जनयुद्धमा मात्र सिमित छैन । हामीले यो कुरा पनि बुझ्नु पर्छ, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनक्रान्तिको परिणामको रुपमा हासिल गरेका छौ । नेपाली जनक्रान्तिको एउटा क्षेत्र जनयुद्धमा मात्र सिमित छैन् । जनयुद्धको जगमा खडा भएको जनआन्दोलन र शान्ति सम्झौता जनक्रान्तिको आयामहरु हुन् ।

त्यसमा पनि जनयुद्ध नै यसका जग हुन् । जनयुद्ध नेपाली क्रान्तिको प्रमुख खम्बा हो भन्न सकिन्छ ।’ यसको साथै, उनले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेको भन्ने गुनासोहरु आएको भन्दै यसको प्रमुख कारण नीति माओवादीको राज्य व्यवस्थाको नेतृत्व अरु कसैको भएको बताए ।

नीति र नेतृत्वबीचको अन्तर विरोधले गर्दा जनताको अवस्था अपेक्षित रुपमा परिवर्तन हुन नसकेको पनि उनको भनाई छ । उनले भने, ‘अहिलेको राजनीतिक प्रणाली र व्यवस्था जे छ यो माओवादीको इन्जिनियरिङ् हो । जनयुद्धका एजेण्डा हो । र त्यही एजेण्डामा आज देश चलिरहेको छ।

व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेका गुनासोहरु सुन्नमा आएको छ त्यो हो । अपेक्षित रुपमा बदलिन सकेको छैन्, केही पनि नभएको होईन । यसप्रति गम्भीर हुन पनि जरुरी छ। यसको एउटा मूल कारण भनेको नीति माओवादीको राज्य व्यवस्थाको नेतृत्व अरु कसैको भएर हो । यो नीति र नेतृत्वबीचको अन्तर विरोध यसको एउटा प्रमुख कारण हो ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

वि.सं.२०८३ असार ३ बुधवार ०९:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा...

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...