back

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

nactional life

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल चेम्बर अफ कमर्स (एन्सिसि) ले संयुक्त सहकार्यमा संचालनमा रहेको र सम्पन्न भएका दुई परियोजनाको अवलोकन गरेको छ । शुक्रबार यूएनडिपीका आवासीय प्रतिनिधि तथा एनसीसीका अध्यक्षयको नेतृत्वको टोलीले परियोजनाहरुको स्थलगत अवलोकन गरेका हुन् ।

रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकामा सञ्चालित कामका लागि नगद कार्यक्रम, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल चेम्बर अफ कमर्सको संयुक्त सहकार्यमा भइरहेको कामको अवलोकन गरिएको हो । नगद कार्यक्रम अन्तरगत सिंचाइ नहर, सामुदायिक सडकहरू, सडकहरुको नाली र कृषि जमिनहरूमा रहेको माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वधारको पुनःस्थापना गरिरहेको छ ।

उक्त कार्यमार्फत प्रभावित पालिकाहरुमा बिपन्न तथा संकटमा रहेका परिवारका सदस्यहरुलाई काममा संलग्न गराई जिल्लाको अदक्ष जनशक्तिले प्राप्त गर्ने रकम (ज्याला) बराबरको भुक्तानी दिई आय आर्जनमा संलग्न गराइएको छ । साथै मेसिनरी कार्यबाट पनि साना स्थानीय भौतिक पूर्वधारको पुनस्र्थापना गरिएको छ ।

नगद कार्यक्रममा काभ्रे जिल्लाका चार पालिका (रोशी र बेथानचोक गाउँपालिकाहरू, नमोबुद्ध र पनौती नगरपालिकाहरू) र ललितपुर एक पालिका (महाङ्कल गाउँपालिका) गरी जम्मा पाँच पालिकहरुमा कार्यान्वयन भइरहेको चेम्बरका अध्यक्ष कमलेश अग्रवालाले जानकारी दिए कार्यक्रमले ८६० बिपन्न तथा संकटमा रहेका परिवारलाई ७८२० दिन बराबरको रोजगार प्राप्त हुनेछ। यसका अतिरिक्त, विपद्बाट प्रभावित बिपन्न तथा अति जोखिममा परेका परिवारहरुलाई विपद् प्रतिकार्य तथा पुनर्लाभका क्रियाकलापहरुमा कसरी संलग्न गराउन सकिन्छ भन्ने अध्ययन पनि गरिएको छ ।

जसले पुनर्लाभ तथा पुनःस्थापना कार्यमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ । पहिलो काम पनौती नगरपालिकामा कामका लागि नगद कार्यक्रमले बिपन्न तथा संकटासन्न समुदायका सदस्यहरूलाई छोटो अवधिको जीविकोपार्जनको अवसर प्रदान गरिरहेको छ । यस कार्यमा स्थानीय सरकारले पहिचान गरेका साना स्थानीय सामुदायिक पूर्वाधारहरू पुनःस्थापना गर्ने उद्देश्य राखिएको छ ।

पनौतीका वडा नं. ८ र १२ का विभिन्न स्थानहरू (देउराली, कालाटी, सिम्पानी, गुम्बा, मगर छाप, बादल पाखा, छिन्दु, र पाचरे) मा सडक तथा सडक नाली सरसफाई कार्य कार्यान्वयन भइरहेको अध्यक्ष अग्रवालले जानकारी दिए । कार्यक्रमले २५० स्थानीय संकटासन्न समुदायका परिवारका व्यक्तिहरूलाई १० दिनको लागि छोटो अवधिको रोजगारी प्रदान गर्दै आएको उनले बताए ।

नमोबुद्ध नगरपालिकामा कामका लागि नगद कार्यक्रमले बिपन्न तथा संकटासन्न समुदायका सदस्यहरूलाई छोटो अवधिको जीविकोपार्जनको अवसर प्रदान गरी सामुदायिक पूर्वाधारको पुनःस्थापना गरेको उनले बताए । यस्ताखाले कार्यक्रमले स्थानीय विपन्न परिवारलाई ठूलो सहयोग पुगेको धारणा राखे । प्राकृतिक विपत्तिका कारण परेको समस्यासँग जुध्न संचालित कार्यक्रम प्रभावकारी भएको उनको भनाइछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...