back
Naima

नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

प्रेमको प्रतिकको रुपमा गुलाबको फूल आदानप्रदान गर्ने गरेको पाइन्छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ ।

काठमाडौं । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । भ्यालेनटाइन डे पश्चिमी संस्कृति भएपनि पछिल्लो समय नेपालमा युवायुवतीले विशेष रुपमा मनाउने गरेको पाइन्छ । यस दिन प्रेमको प्रतिकको रुपमा गुलाबको फूल आदानप्रदान गर्ने गरेको पाइन्छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ ।

लामो समयदेखि काठमाडौंको कमलादीमा पुष्प व्यवसाय गर्दै आएका श्रीकृष्ण कार्कीका अनुसार भ्यालेन्टाइनको लागि गुलाबको फूलहरुको उत्पादन कम हुने र माग उच्च हुने गरेको बताए । उनले भने,‘भ्यालेन्टाइनको लागि गुलाबको फूलहरु नेपालको उत्पादनले पुग्दैन् । प्राय भारतबाट नै आउँछ । उत्पादन कम हुने तर माग उच्च हुने गरेको छ । त्यसैले धेरैजसो आयात नै हुने हो । अहिलेसम्म फूलमा भारतमा नै निर्भर छ । त्यही भएर मूल्य पनि बढी पर्छ ।

स्वदेशी उत्पादन भयो भने उपभोक्ताले कम मूल्यमा पाउँथे ।’ उनले नेपाली गुलाबको मूल्य प्रतिगोटा ८० रुपैयाँ भएपनि भ्यालेन्टाइनको लागि भारतबाट आयात गरेर १५० रुपैयाँसम्म बेच्नुपरिरहेको बताए । उनले भने, ‘ग्राहकहरुलाई कम मूल्यमा दिनपाए हुनेथियो भन्ने लाग्छ । हामीले खरिद गर्दा नै बढी मूल्य पर्छ । यतिबेला १५० रुपैयाँमा बेच्नु परिरहेको छ । नेपालकै उत्पादन हुने हो भने ८० रुपैयाँमा नै दिन सकिन्थ्यो । भ्यालेन्टाइन्स डे बाहेक अन्य दिन गुलाबको फुल ७० वा ८० रुपैंयाँमा विक्री गर्छौं ।’

कार्कीका अनुसार तुलनात्मक रुपमा व्यवसाय कठिन अवस्थामा गुज्रिरहेको छ । पुष्प व्यवसाय बढीजसो विवाहको मौसममा मात्र फस्टाउने गरेको उनले सुनाए । सिजनेवल व्यवसाय भएकाले व्यवसाय टिकाउन कठिन भइरहेको उनले बताए । ‘नेपालमा उत्पादन कम हुँदा विदेशबाट आयात गर्नुपर्छ । व्यवसायी र ग्राहक दुवैलाई मार परिरहेको छ,’ उनले भने ।

उनले उपहारका रुपमा फुल दिने परम्परा बढ्दै गएको बताए । ‘फूल किन्न आउने अलि धेरै युवा हुन्छन् । सबै उमेर समूहका आउँछन् । फूल दिने परम्परा बढ्दै गएको छ । प्रणय दिवसकै कुरा गर्दापनि अलि बढी युवाहरु नै आइरहेका हुन्छन् । टेडी, फुल र चकलेट युवाहरुको रोजाइमा छ । कुनै दिन ३० रुपैंयाँमा बेच्दै आएको गुलाब अहिले १५० रुपैंयाँमा बेच्नुपरिरहेको छ,’ उनले भने ।

दरबारमार्गमा व्यवसाय गर्दै आइरहेका अर्का व्यापारी सुशील केसीका अनुसार भ्यालेनटाइन डेमा खपत हुने गिफ्ट आइटम र फूलहरु नै बढी हुने गरेको छ । करिब २३ बर्षदेखि व्यवसाय गर्दै आइरहेको सुनाउँदै उनले फुल एवम गिफ्ट आइटहरुको व्यापार राम्रो भइरहेको बताए । ‘पहिले भन्दा व्यापार राम्रो हुँदै गइरहेको छ । पसलहरु धेरै नै छन्, प्रतिस्पर्धा बढी छ । फुल एवम गिफ्टका आइटमहरु नेपालमा उत्पादन कम हुने भएकाले भारतबाट ल्याउनु परेको छ ।

भ्यालेन्टाइन डे का लागि काठमाडौंमा धेरै फूलहरु भारतबाट ल्याउछौं । ९० प्रतिशत भ्यालेन्टाइन डे का सामान भारतबाटै आउँछ । नेपालमा १० प्रतिशत मात्रै उत्पादन हुन्छ ।’ काठमाडौं वानेश्वरका अर्का व्यापारी अंशु विक्रमका अनुसार भ्यालेन्टाइनमा गुलाब लिल्ली, जर्वेराजस्ता फुलहरुको बढी खपत हुने गरेको छ । ‘फुलको बजार राम्रो छ, बिशेषत बिवाहको समयमा धेरै विक्री हुन्छ । गुलाबका फुलहरु प्रायः इन्डियाबाट नै आउँछ । नेपालमा त्यति उत्पादन हुदैन ।

गुलाबको होलसेल मूल्य ७०-८० रुपैयाँ छ,’ उनले भने । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे मा पाँच करोड १० लाख रुपैंयाँ  राबरको चार लाख २५ हजार स्टिम गुलाब खपत हुने गरेको भएपनि स्थानीय उत्पादन अपुग हुने गरेको छ । भारतबाट ७५ प्रतिशत गुलाब आयात हुने गरेको छ । नेपालमा मौसम अनुकूल मात्रै उत्पादन हुने र जाडो मौसमका कारण स्थानीय उत्पादन कम हुने हुँदा आयातमा भर पर्नु परेको व्यवसायीको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...