back

बढ्यो तारागाँउ रिजेन्सी होटल्सको नाफा

काठमाडौं । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.८४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।कम्पनीको आम्दानी सामान्य बढेसँगै खुद नाफा पनि सामान्य बढेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.८२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ३.८२ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.२९ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २१ पैसा घटेर १९ रुपैयाँ ४ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२५ गुणा रहेको छ।१ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ सञ्चित छ।

nactional life
Corporatebazar 11 Anniversary

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:१९

काठमाडौँ । यस साता धितोपत्र बजार (नेप्से) मा खासै ठूलो...

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

वि.सं.२०८३ वैशाख २ बुधवार १६:४६

काठमाडौँ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको...

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ वैशाख २ बुधवार १६:०९

काठमाडौं । आज बैशाख २ गते बुधबार सेयर बजारमा दोहोरो...

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ चैत २६ बिहीवार १७:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज...

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

वि.सं.२०८२ चैत २५ बुधवार १५:४१

काठमाडौं । बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ...

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

वि.सं.२०८२ चैत १८ बुधवार १५:३९

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।...