विशाल बजार कम्पनीद्वारा लाभांश घोषणा
वि.सं.२०८१ माघ २९ मंगलवार
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ ।
सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साथै, आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि रहेको छ ।
सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट १ जना सञ्चालक पनि नियुक्ति गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
प्रकाशित समय : १७:४२ बजे





















