back

सरकारी लक्ष्यले पायो पूर्णता, साईपालमा पुग्यो बैंकः हेलिकोप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

nactional life

काठमाडौं । देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । भौगोलिक रुपमा विकट बझाङको साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको हो ।

बैंकले गत असोजमा नै उक्त शाखा सञ्चालनमा ल्याएको थियो । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेसँगै गभर्नर महाप्रसाद अधिकारी बैंकको उक्त शाखा उद्घाटन गर्न पुगेका हुन् । एभरेष्ट बैंकको व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीसहित गभर्नर अधिकारी हेलिकोप्टरमार्फत उक्त शाखा उद्घाटनको लागि पुगेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संघीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पुर्‍याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताएका छन् ।

सोमबार एभरेष्ट बैंक लिमिटेडको शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाउँपालिका वडा नं. १ स्थित धलौनमा पुगेका गभर्नर अधिकारीले अब सानेतिनोे बैंकिङ सेवाको लागि पनि सदरमुकाम धाउनुपर्ने साइपाल बासीको बाध्यताको अन्त्य भएको बताए । अन्य सुविधाहरु पनि बिस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने उनले विश्वास व्यक्त गरे ।

गभर्नर अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग ,नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

मिति २०८१ साल माघ २८ गतेका दिन औपचारीक रुपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।

भौगोलिक तथा पूर्वाधार बिकासकोे हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७,८ घण्टा को पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोलि संचालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्नु हुने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालीकाप्रती विशेष धन्यवाद व्यक्त गर्दै देशको सम्पुर्ण पालिकामा बैंक तथा वित्तिय संस्थाको पहुँच पुर्‍याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा संचालन गर्न सकेकोमा बैंकले खुसी व्यक्त गरेको छ ।

देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ़न गई समग्र आर्थिक बिकाशमा थप टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिएम छन ।

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नया दिेल्ली लगाएत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १५:०६

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित...

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १७:०२

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल...