back

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौं । जनकपुरमा भोलि माघ २८ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले सोमबार यो कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ ।
कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउँन सक्नेछन । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरू बीचको एकताको भावना बिकाश गर्ने कम्पनीको दाबी छ ।

बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल लोकप्रिय छ ।

मोटरसाइकलको बिशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताएका छन् ।

नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेण्ड चलिरहेको बेलामा प्लाटिना मोटरसाइकलको किफायति बारेमा उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ ।

च्याम्पियनमा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०१

काठमाडौं–सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो...

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५८

काठमाडौं । एप्पल, एचपी, डाइसन तथा डेल लगायत विभिन्न अन्तर्राष्ट्रिय...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५४

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

विश्व अटोमोबाइल बजारमा चिनियाँ कम्पनीको ऐतिहासिक वर्चस्व: शीर्ष १० भित्र बीवाईडी, जिली र चेरी

विश्व अटोमोबाइल बजारमा चिनियाँ कम्पनीको ऐतिहासिक वर्चस्व: शीर्ष १० भित्र बीवाईडी, जिली र चेरी

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५१

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा परम्परागत पाश्चात्य र जापानी ब्रान्डहरूको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट,भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट,भदौ ९ देखि १८ औँ नाडा अटो शो

वि.सं.२०८३ साउन २१ बिहीवार २०:४३

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको...