back

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै पूर्व प्रधानमंत्री प्रचण्डले सो अध्यादेशमा भएको व्यवस्थाप्रति गैरआवासीय नेपालीहरूले असन्तुष्टि जनाइरहेको जनाए ।

‘हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं । म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालीन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ’, प्रचण्डले भने, ‘त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता लिइसक्नु भएको छ ।तर सरकारले मातहतका निकायलाई एउटा सर्कुलरसम्म नगर्दा त्यसको कार्यान्वयन हुन सकेको छैन ।

यो कागजको खोस्टो सरह भयो भनेर उहाँहरूले गुनासो गरिरहनु भएको छ । अहिले आएर एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद छ ।’ संविधानले नै राजनीतिकबाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरा सुनिश्चित गरिसकेपछि फेरि भिसाको प्रावधान संविधानको मर्म र भावना विपरीत पनि भएको उनले बताए ।

‘यसले एनआरएन लगानीलाई मात्र दुरुत्साहन गर्दैन, दोस्रो तथा तेस्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्छ । त्यसैले संविधानले एनआरएनहरुलाई दिएको अधिकारमा दायाँबायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन म सरकारलाई खबरदारी गर्दछु’, प्रचण्डले भने ।

 

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...