अप्पर सोलु हाइड्रोको नाफा बढ्यो
वि.सं.२०८१ माघ २४ बिहीवार
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.६९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६.०७ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६.२३ प्रतिशत बढेको छ।
कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २०.२२ प्रतिशत घटेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८.७९ प्रतिशत बढेर २१ रुपौयँ २२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.९५ गुणा रहेको छ। १ अर्ब ३५ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ६८ लाख रुपैयाँ रहेको छ।
प्रकाशित समय : १६:२१ बजे




















