back

नेपाल आएका बेलायती राजकुमारले दिए १९ नेपाली युवालाई गोल्ड अवार्ड 

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका राजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र राजकुमारी डचेस सोफी विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । बुधबार भक्तपुर पुगेर काष्ठकलाको अवलोकन गरेका उनीहरुले बेलायती दूतावासमा आयोजित एक कार्यक्रमका बीच १९ जना नेपाली युवाहरूलाई गोल्ड अवार्ड प्रदान गरे ।

बेलायतले नेपालमा दश वर्षदेखि सञ्चालन गर्दै आएको ड्यूक अफ एडिनब्रा अन्तर्राष्ट्रिय अवार्डबाट जीवनपयोगी सीप र अनुभवहरू विकासमार्फत हालसम्म ६ हजार भन्दा बढी युवाहरू लाभान्वित भएका छन् । राजकुमारले आफु संचालक समितिको अध्यक्ष रहेको ड्यूक अफ एडिनब्रा इन्टरनेसनल अवार्ड फाउनडेसनको आर्थिक सहायता प्राप्त उक्त कार्यक्रममा लाभान्वित विभिन्न पृष्ठभूमिका युवा सहभागीहरूलाई छुट्टा–छुट्टै भेट समेत गरे ।

जसमा सरकारी विद्यालयका युवा, स्काउट, यसओयस बालग्राम, र सीमान्तकृत समुदायका व्यक्तिहरू समावेश छन् । अवार्ड वितरण समारोहमा राजकुमारले भने,‘यस पुरस्कारअन्तर्गत स्वर्ण पदक प्राप्त गर्न साहस, प्रतिबद्धता र दृढता चाहिन्छ र त्यसकारण तपाईंहरुले आफ्नो असाधारण उपलव्धिप्रति गर्व गर्नुपर्छ।’

राजदूत रोब फेनद्वारा साँझमा आयोजित स्वागत समारोहमा राजकुमार र राजकुमारीले बेलायत–नेपाल मित्रताको प्रतिनिधित्व गर्ने २०० भन्दा बढी व्यक्तित्वहरुसँग भेटघाट गरेका थिए । सो अवसरमा राजकुमार र राजकुमारीले विभिन्न पृष्ठभूमिका युवायुवतीहरूलाई भेट गरेका थिए । जसमा पुरस्कारमा सहभागी, युवा उद्यमी, महिला अधिकारकर्मीहरू, प्राविधिक विशेषज्ञ, बेलायती सम्मान विजेता र दुई देशबीचको मित्रताको नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेपाली र बेलायती नागरिकहरु समावेश थिए ।

स्वागत समारोहमा ड्यूक अफ एडिनब्रा अवार्डका पहिलो निर्देशक र पहिलो सफल सगरमाथा पर्वातरोहण नेतृत्व गरेका लर्ड हन्टका छोरा सु लेडेनले दशजना युवाहरूलाई कञ्चनजङ्गा संरक्षण क्षेत्रमा आफ्नो ड्यूक अफ एडिनब्रा पुरस्कार अभियानमा सहभागी हुन सहयोग गर्ने एउटा नयाँ कार्यक्रमको घोषणा गरे । सो कार्यक्रममा उनीहरूले स्थानीय विद्यालयहरूसँग सहकार्य गर्नुका साथै रातो हाब्रे (रेड पाण्डा) संरक्षण परियोजनामा काम गर्नेछन् ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...