back

अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौं । झापा कनकाई नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर ३० ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार डिगल बैंक थाना–५ घर भएका २८ वर्षीय अन्जार आलम र उनकै भाई १९ वर्षीय युसुब आलम रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले कुमरखोदबाट सुरूङगातर्फ आउँदै गरेको बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल नरोकी भाग्न खोजेपश्चात प्रहरीले गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिने क्रममा अन्जार घाइते भएका छन् । घाइते भएका अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

यस्तै, बाँके नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७ पिस सहित कैलाली लम्कीचुहा नगरपालिका–६ बस्ने २३ वर्षीय रोसन रावललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...