back

‘बाल विवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो’

काठमाडौं । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फौलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गरेको हो ।

गृह मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय बाल विवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री लेखकलाई सामान्य जाकारी समेत थिएन ।

संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ साथै, गृहमन्त्री लेखकले सो घटनाको यथार्थ विवरण सार्वजनिक गर्न र आवश्यक छानविन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन समेत दिएका छन् । उक्त घटनामा नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सत्येन्द्रकुमार रामविरुद्ध बाल विवाहको कसुरमा गत कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

त्यसपछि ३ पुसमा मात्र कपिलवस्तु जिल्ला अदालतमा सत्येन्द्रकुमार राम र स्नेहा रौनियारबिच विवाह दर्ता भएको थियो । अहिले सत्येन्द्रकुमार राम बाल विवाहको कसुर जिल्ला अदालत सर्लाहीले तीस हजार रुपैयाँ धरौटीमा छुटेको र मुद्दा विचाराधिन अवस्थामा रहेको छ । प्रहरीले सो विषय जातीय नभइ कानुनी विषय भएको भन्दै गृहमन्त्री, प्रहरी महानिरीक्षक तथा अन्य प्रहरी कर्मचारीहरुप्रति लाञ्छना लगाउने भ्रमपूर्ण समाचार प्रति विस्वास नगर्न हुन अनुरोध गरेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...