back

विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाए अब आफ्नै देश बनाउन ध्यान दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्यान सम्पूर्ण रुपमा युवाहरुलाई आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित गराउने तर्फ भएको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रियामा उनले नेपाल कोही भन्दा कम नभएको भन्दै युवाहरुलाई दक्ष र विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ सरकारको ध्यान रहेको बताएका हुन् ।

उनले भने, ‘मेरो र मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आजको बालबालिकाहरुलाई तिव्र रुपमा हुर्काउने, आजको आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित मात्र होईन, दक्ष बनाउने विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ छ । हामी कोहीभन्दा कम छैनौं, हामीसँग हाम्रो महान पूर्खाको इतिहास छ ।’उनले विकासका पूर्वाधार बनाएर र आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प गरेको बताए ।

उनले भने, ‘विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युुवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ । यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुुपर्छ ।’

उनले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नुु नपरेको स्मरण गराउँदै विद्यार्थीहरुलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुुग्न सकिने सुुझाव दिए । उनले विद्यार्थीहरु अरुको बहकाबमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुुपर्नेमा जोड दिँदै युुवाहरुका लागि स्वदेशमै अवसरहरुको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।

nactional life
Corporatebazar 11 Anniversary

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:१५

काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...