back
himalayan life

नेपाली फिल्म उद्योगले राम्रो मोड लिएको छ, भविष्य उज्वल छ : प्रशान्त तामाङ

काठमाडौं । नृत्य निर्देशकको रुपमा चिनिएका प्रशान्त तामाङको निर्देशनमा बनेको फिल्म ‘सारंग’ यही माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म निर्देशक तामाङले बताए ।

उनले भने, ‘फिल्म ‘सारंग’माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म बालमनोविज्ञानमा आधारित रहेर बनेको चलचित्र हो । यो फिल्ममा गाउँको भन्दा पनि सहरको रहनसहनलाई लिएर आएका छौं । विशेषगरी काठमाडौं सहरलाई नै फोकस गरेका छौं । जसमा अहिलेको समसामयिक घटनाहरुमा आधारित रहेर फिल्म बनाएका छौं ।’यसैगरी उनले कोरियोग्राफर भएपनि निर्देशकको रुपले काम गर्नु पहिलेदेखिकै इच्छा भएको बताए । उनले कोरियोग्राफरलाई पहिला आफ्नो पेसा नै बनाएपनि भित्री रहरको विषय चाँही डाइरेक्सन नै भएको बताए ।

उनले भने, ‘मैंले आफूलाई कोरियोग्राफर वा डान्सरको रुपमा लिएको थिएँ । डान्स टिचरको रुपमा म एकदमै राम्रो थिएँ । तर भित्रि रहरको विषय चाँही डाइरेक्सनमा नै थियो । कोरियोग्राफीमा पनि म किन राम्रो भए भन्दा डान्सभित्र डाइरेक्सन रोज्थें । मैंले जतिपनि रियालिटी सोहरुमा सिकाएको छु, स्टेज मास्र्टसहरु सिकाएको छु, त्यसमा केही न केही नयाँ प्रश्तुती दिएको छु ।’यसैगरी उनले निर्देशकको रुपमा काम गर्दा अलि धेरै तयार रहनुपर्ने बताए । उनले कोरियोग्राफी र निर्देशकको धेरैजसो काम एउटै तरिकाको भएपनि फिल्म निर्माण गर्दा पूरै टिमलाई निर्देशकले हेर्नुपर्ने भएकाले गार्हो हुने बताए ।

‘कोरियोग्राफी र निर्देशकको रुपमा बनाइने ड्राफ्ट लगभग एकै किसिमको हुन्छ । काम गर्ने शिलशिलामा अहिलेसम्म मैंले कोरियोग्राफी गरेको डान्सलाई छि भनिएको छैन् । तर निर्देशकको रुपमा काम गर्दा अलि धेरै तयार गर्नुपर्ने रहेछ । फिल्म मेकिङमा ठूलो टिम हुन्छ । त्यस कारणले क्यामरादेखि मेकअपसम्मलाई समेत ध्यान दिनुपर्ने रहेछ । पूरै टिमलाई निर्देशकले हेर्नुपर्ने भएकाले निकै कठिन हुने रहेछ ।

दुई घण्टाको फिल्म बनाउँदा र दर्शकलाई होल्ड गराउन धेरै नै गार्हो भएको थियो ।’यसैगरी तामाङले फिल्म ‘सारंग’ बनाउँदा १२ वर्षको मेहेनेत लागेको बताए । उनले जुनसुकै फिल्म बनाउँदा १२ वर्षसम्म काम गरेर एक करोड लगानी गर्नु सामान्य नभएको बताए ।‘फिल्म बनाउनका लागि जुनुन(लगनशिलता) हुनुपर्छ । त्यो जुनुन म मा छ । पहिलेपनि धेरै मेहेनत गरेर फिल्म बनाएँ । १२ वर्षपछि मैले धेरै मेहेनत गरेको छु । एक करोड लगानी भएको छ,’ उनले भने ।

साथै उनले १२ वर्षको समय अवधिमा एकदिन पनि आफ्नो खेर नफालेको बताए । उनले १२ वर्षसम्म अध्ययन गरेर नै फिल्म बनाएकाले दर्शकको साथ पाउनेमा ढुक्क रहेको बताए । ‘१२ वर्षको समय अवधिमा एकदिन पनि आफ्नो समय खेर फालेको छैन् । १२ वर्षको हरेक दिन डाइरेक्सन पढें, नभए पनि स्क्रिप्टका लागि अध्ययन गरें । सम्पादनको पार्टपनि अध्ययन गरें । क्यामेरा चलाउन सिकें । त्यतिमात्र नभइ एक्टिङ पनि सिकें । हरेक दिन अध्ययन गरेको छु । १२ वर्षको मेहेनतपछि फिल्म बनाएको छु । पक्कैपनि दर्शकहरुले साथ दिने छन् । तर हलमा चल्छ चल्दैन त्यसको गारेण्टी दिन सक्दिन । फिल्म राम्रो बनेको छ ।’

उनले पछिल्लो समय एक्सनमा लबस्टोरी फिल्महरु मात्र चलेकाले आफूले फरक स्वाद दर्शकलाई दिन खोजेको बताए । बजारमा विकाउ हुने मात्र बनाउँछु भनेर फिल्म निर्माण लाग्नु भनेको काम, कर्तव्य र इमानदार नहुनु भएको उनले बताए । यसैगरी उनले नेपाली फिल्म उद्योगले यतिबेला राम्रो मोड लिइरहेको बताए । ‘पछिल्लो समय विदेशी भन्दा नेपाली फिल्म राम्रो चलिरहेका छन् । यसले के देखाउँछ भने राम्रो पढेर वा बुझेर फिल्म बनाउँदा, त्यस्ता मेकरहरुको लागि नेपालमा सुनौलो भविष्य छ भन्ने निश्चित छ ।

नेपाली फिल्म उद्योगले राम्रो मोड लिएको छ । म फिल्म क्षेत्रमा सुनौलो भविष्य देख्छु । पैसाको हिसावले त्यति अगाडि नहौंला तर अरु कुराहरुमा हाम्रो स्किल धेरै नै राम्रो छ ।’यसअघि फिल्म ‘ठुलो मान्छे’ निर्देशन गरेका प्रशान्तले ‘सारंग’ फिल्मले दर्शकलाई पूरै समय बाँधेर राख्न सक्षम हुने बताए । उनले श्रीमानले अधिकार जमाउन खोज्ने र सक्षम हुन खोज्ने महिलाको भूमिका समेत यसमा देख्न सकिने बताए ।

‘फिल्ममा ठुलो कुरो केही छैन तर फिल्मले दर्शकलाई पूरै समय बाँधेर राख्न सक्षम छ,’ उनले भने, ‘फिल्मको महत्त्वपूर्ण कुरो त्यही हो । श्रीमानले अधिकार जमाउन खोज्ने र आर्थिक रूपमा सक्षम हुन खोज्ने महिलाको भूमिका समेत यसमा देख्नुहुन्छ ।’ पछिल्लो समय हलमा विदेशी भन्दा नेपाली फिल्म राम्रो चलिरहेका छन् । यसले के देखाउँछ भने, राम्रो पढेर वा बुझेर फिल्म बनाउँदा चल्ने रहेछ भन्ने देखाउँछ । त्यस्ता मेकरहरुको लागि नेपालमा सुनौलो भविष्य छ भनेर बुझ्नुपर्छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१०

काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय...

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०५

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि...

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

वि.सं.२०८३ असार ४ बिहीवार १०:४८

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सरकारले...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व...

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:३९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव...

बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं : हान अध्यक्ष शाह 

बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं : हान अध्यक्ष शाह 

वि.सं.२०८३ जेठ २० बुधवार १०:२३

लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र...