back

सिङ्गो राज्य शक्ति रवि लामिछानेमाथि खनिएको छ : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै उनलेसंविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताए ।

उनले भने,‘संसदमा एउटा विशेष व्यक्ति अनुपस्थिति छ ।नेपालको संसदीय इतिहासमा झण्डै ५० हजार मत ल्याएर दुई पटक विजयी भएको चितवन क्षेत्र नं २का सांसद तथा हाम्रो पार्टीको सभापति रवि लामिछाने आज उपस्थित हुनुहुन्न । यहाँका सबै सांसदहरुको सर्वसम्मत रुपमा बनाएको संविधानको धारामा टेकेर नै बनाएको विशेष नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै उहाँलाई निलम्बन गरिएको छ । यसको कानुनी उपचार र निधान हामी खोज्छौं । सिङ्गो राज्य शक्ति नै लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको छ ।’

उनले नयाँ शक्ति विभिन्न चरणमा गुज्रिने भन्दै अहिले रास्वपा तेस्रो चरणको भिषण आक्रमणबाट गुज्रिरहेको महशुस भएको बताए । चौथो चरण अस्थित्वको स्वीकार्यता,प्रवेश,विस्तार र दिग विजय रहेको र आफूहरु चौैथो चरणमा जान पूर्ण रुपमा आत्मविश्वासकासाथ अगाडि बढेको पनि उनले जानकारी दिए ।

उनले नेपालको जाँचबुझ आयोग ऐन अन्तर्गत पूर्वप्रधान न्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन हुनुपर्ने माग राखे । सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ती छानबिन गर्ने गरेर अब हामी अगाडि जानुपर्ने उनको भनाई छ ।

nactional life
Corporatebazar 11 Anniversary

एकल महिलाले दोस्रो विवाह गरे पनि अंश फिर्ता गर्नु नपर्ने, सर्वोच्चद्वारा विवादास्पद कानुनी व्यवस्था खारेज

एकल महिलाले दोस्रो विवाह गरे पनि अंश फिर्ता गर्नु नपर्ने, सर्वोच्चद्वारा विवादास्पद कानुनी व्यवस्था खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:१९

काठमाडौं । एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट...

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:०९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर...

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:०६

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सदस्य...

न्यायको लागि कतिन्जेल सडकमा लड्ने ? : रचना खतिवडा

न्यायको लागि कतिन्जेल सडकमा लड्ने ? : रचना खतिवडा

वि.सं.२०८३ वैशाख २१ सोमवार १७:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले...

मन्त्रिपरिषद् निर्णय: संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, विश्व बैंकको साढे ७ अर्ब सहयोग स्वीकार

मन्त्रिपरिषद् निर्णय: संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, विश्व बैंकको साढे ७ अर्ब सहयोग स्वीकार

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:१५

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका...

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई...