back

नेपालमा एसयूभी दिपल ई०७ लन्च: विक्री सुरु, कस्ता छन् फिचर?

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा औपचारिक रुपमा लन्च गरिएको छ ।

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त उक्त गाडीको लन्च गरेका हुन् ।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच एम्एडब्लू वृद्धि अटोकर्पले दिपल इ०७ लन्च गरेको हो । कम्पनीले रियर ह्वील ड्राइभ मोडललाई ९९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको हो।

यसको फोर ह्वील ड्राइभ भर्सन खोज्नेले भने ठ्याक्कै एक करोड रुपैयाँ बढी तिर्नु पर्ने जानकारी पनि गराइयो । फोर ह्वील ड्राइभ ई–०७ को मूल्य एक करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मूल्यको हिसावले धेरै लाग्ने यो गाडी ट्रान्सफर्मर मोडल हो ।

सोही क्रममा एमएडब्लू ग्रुपका अध्यक्ष अग्रवालले एकदमै राम्रो फिचर भएको र सस्तो कार नेपालमा पहिलो पटक लन्च भएको बताएका छन् ।

यसको साथै, उनले यस्तो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर कसैलेपनि नसोचेको भन्दै यो एउटा राम्रो उपलब्धी भएको बताए ।

उनले भने, ‘अहिले धेरै प्रविधिहरुको विकास भएको छ । जसले हाम्रो जीवन परिवर्तन गराएको छ । नेपालमा दिपलले मानिसको विचार र सोचलाई परिवर्तन गर्न सफल भएको छ । योभन्दा पहिला कसैले पनि यो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर सोचेको थिएन होला ।

यस्तो खालको सुविधा भएको कार नेपालको बजारमा पाउन सकिन्छ भनेर, ९ महिना अगाडिसम्म पनि यतिको पैसामा यस्ता कार आउन सक्ने भन्ने कुरा सोचेको थिएन होला तर अहिले नेपालमा आएको छ । यस्ता खालको फिचर भएको कारा नेपालमा पहिलो पटक लन्च हुदैँछ । ई–०७ ले एस्यूभिबाट अपेक्षा गरेको जस्तो एकदमै राम्रो सुविधाहरु दिनेछ ।’

उनले यसमा दिइएको एयर सस्पेन्सन पनि निकै उपयोगी भएको भन्दै यदि गाडीलाई ग्राउन्ड क्लियरेन्स पुगेन भने सस्पेन्सनले नै ३० एमएमसम्म ग्राउन्ड क्लियरेन्स अवस्था हेरेर बढाइदिने पनि बताए । दिपल ई०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ मा उपलब्ध रहेको पनि कार्यक्रममा जानकारी गराइयो ।

रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने जानकारी गराइयो ।

२४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ ।दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार रङमा उपलब्ध छ ।

nactional life
Corporatebazar 11 Anniversary

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०६

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...