back

सफल हुनको लागि हरेक विषयवस्तुको गहिराईमा जान आवश्यक : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सफल हुनको लागि हरेक विषयवस्तुको गहिराईमा जान आवश्यक रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हुने कामलाई नहुने तर्फ ढाल्दिने परस्थिती सिर्जना हुँदा सकारात्मक कामहरु सफल हुन नसकेको बताएका हुन् । उनले विषयवस्तुको गहिराईमा गएर सकारात्मक कुराको थालनी गरे मात्र सफल हुन सकिने बताए ।

उनले भने, ‘हरेक विषयवस्तुको गहिराईमा जाउँ । त्यहाँ सकारात्मक कोणबाट थालनी गरौं । यसो गर्यो भने हामी हरेक कुराहरुमा सफलतामा पुग्न सक्छौं । हाम्रो अहिलेको प्रवृत्ति कस्तो विकास भएको छ भने हल्लै हल्लामा हिड्ने, सत्तामा दौडिने, वास्तविकता के हो नबुझिकन बोल्दिने । हुने कामलाई नहुने तर्फ ढाल्दिने यस्तो परस्थिती सिर्जना भएको छ ।’

यसैगरी उनले अहिलेको आवश्यकता के हो त्यसलाई पहिल्याउनुको साटो तर्किने प्रवृत्तिको विकास भएको बताए । उनले सुधार गर्नुपर्ने कुराहरुमा ध्यान नदिइ हिजो यो थियो भनेर उदाहरण दिएर भाग्ने कोशिष गर्दा हामीहरु सफल हुन नसकेको बताए ।

‘हामीले गर्नुपर्ने के हो ? र त्यसलाई पूरा गर्नको निम्ती हामीले कति त्याग गर्नुपर्छ, कति मेहेनेत गर्नुपर्छ ? उनले भने, अथवा के के कुरामा सुधार गर्नुपर्छ त्यतातिर ध्यान गएको देखिँदैन । हिजो यो थियो भनेर उदाहरण दिएर हामी तर्किने काम गर्छौं ।’

nactional life
Corporatebazar 11 Anniversary

प्याकेजमा आधारित उत्पादन प्रणाली मार्फत कृषि आधुनिकीकरण गर्ने सरकारको घोषणा

प्याकेजमा आधारित उत्पादन प्रणाली मार्फत कृषि आधुनिकीकरण गर्ने सरकारको घोषणा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:४१

काठमाडौं । सरकारले कृषि क्षेत्रको उत्पादन वृद्धि, लागत न्यूनीकरण र...

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:४७

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको...

तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई

तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई

वि.सं.२०८३ वैशाख २३ बुधवार १६:२०

सुर्खेत । वीरेन्द्रनगरमा अत्यधिक बिषादी प्रयोग गरिएका तरकारीहरु भित्रिएपछि नगरपालिकाले...

सहकारी नियमनमा नयाँ मोड: दर्ता नभएका संस्थालाई समयावधि तोक्ने अधिकार प्राधिकरणलाई

सहकारी नियमनमा नयाँ मोड: दर्ता नभएका संस्थालाई समयावधि तोक्ने अधिकार प्राधिकरणलाई

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:३२

काठमाडौं । सरकारले अध्यादेशमार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेपछि...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...