back

कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजिरहेका छौं : महान्यायाधिवक्ता बडाल

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरण निवारणको सवालमा अपराध हुनै नदिने अवस्थाको सृष्टि गर्ने गरी काम गर्नुपर्ने बताएका छन्।

सोमबार सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अपराध हुनै नदिने अवस्थाको सृष्टि कसरी गर्ने भन्ने विषयलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘सम्पत्ति शुद्धीकरण निवारणको कुरा गर्दै गर्दा अपराध हुनै नदिने अवस्थाको सृष्टि कसरी गर्ने त्यो कुरामा हाम्रो अलिकति अभाव भइरहेको छ । र छलफल पनि अलि कम भयो कि त्यसैले त्यहि विषयलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । जति हामी नियमक संस्थाहरु छौं । उनीहरुले आफू माहतका सबै संस्थाले नियमन राम्रोसँग गदिर्नुपर्यो उहाँहरुले गरिराखेको काममा पादर्शिता छ कि छैन त्यसको मनिटर गर्नुपर्यो ।’

साथै उनले सम्पत्ति शुद्धीकरण आफैंमा स्वीकार्य योग्य शब्द भएन कि भन्ने खालको कुराहरु पनि आउने गरेको भन्दै कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजेको कारण सबै व्यापार व्यवसाय गर्नेहरु यसबाट डराउन नपर्ने बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा डिजिटल कारोबारहरु बढेको भन्दै त्योसँगै डिजिटल माध्यमको कारोबारमा प्रशस्त ठगिहरु पनि बढेको बताए ।
उनले भने,‘पछिल्लो समयमा डिजिटल कारोबारहरु त बढ्दै गयो ।

तर डिजिटल माध्यमको कारोबारमा पनि प्रशस्त ठगिहरु पनि भइरहेको छ । र नयाँ किसिमको इनोभेटिब टेक्नोलोजिको एड्भान्समेन्टको फलस्वरुप आफ्ना सम्पत्तिहरु लगाउने अभ्यासहरु पनि भएको छन् । कुनै पनि काम गर्दा खतराहरु आउँदैन् भन्ने हुँदैन त्यसलाई रोकथाम गर्नमा हामी लाग्नुपर्छ । हामी सबै स्टेक होल्डरले ।’

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४६

काठमाडौं । नेपाली बजारमा सुनचाँदीकोे मूल्यमा बढेको छ । नेपाल...

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४३

लिस्बन । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष...

केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:४०

काठमाडौं ।सरकारले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्ग सञ्चालनका लागि अध्ययन गर्ने...

करको संरचनाको पुनरावलोकन गरिने

करको संरचनाको पुनरावलोकन गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२५

काठमाडौं । सरकारले करका संरचनामा पुनरावलोकन गर्ने भएको छ ।...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:०२

काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी...

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:४९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ...