निफ्राको नयाँ ब्याजदर सार्वजनिक
वि.सं.२०८१ माघ १४ सोमवार
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज माघ १४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जसअनुसार बैंकले शुभ पूर्वाधार खाता योजना अन्तर्गतको ५ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिगततर्फ ५. ५० प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यसअघि यो खाता योजनामा ५ वर्ष र त्यो भन्दा माथि अवधिका लागि व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
यस्तै बैंकले १० वर्षभन्दा माथि अवधिका लागि व्यक्तिगत निक्षेपतर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । व्यक्तिगततर्फ यो खाता योजनामा न्यूनतम १ करोड रुपैयाँ र संस्थागततर्फ ५ करोड रुपैयाँ निक्षेप राख्नुपर्ने बैंकले जानकारी दिएको छ । त्यस्तै, बैंकले प्रोजेक्ट लोनको ब्याजदर आधारदरमा ४ प्रतिशतसम्म जोडेर प्रदान गर्ने जनाएको छ ।
प्रकाशित समय : १२:५३ बजे




















