back
himalayan life

यामाहा नेपालद्वारा ७९९ प्रतिशत ब्याजदरमा ‘ड्रिम इट, वन इट’ योजना सार्वजनिक

काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट, वन इट’ सार्वजनिक गरेको छ ।

यो सीमित अवधिको योजना २०७९ पुष १० देखि लागु हुने कम्पनीले जनाएको छ । यस योजनाले ग्राहकहरूलाई केवल ७.९९ प्रतिशतको न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ।

‘ड्रिम इट, वन इट’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुनेछ । ग्राहकहरूले कम्तिमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्नेछन् । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गर्दछ।

यस योजनासँगै, यामाहा नेपालले ‘टेस्ट राइट एन्ड विन’ अभियान पनि ल्याएको छ। यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन्।

एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ श्री दीपक कुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै भने, ‘ड्रिम इट, वन इट’ वित्तीय योजना मार्फत् हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ। यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १० वर्षे वारेन्टीसहितको प्रतिबद्धताले १५ वर्षदेखिको एफ।आई। नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकहरूलाई अनुपम सवारी अनुभव प्रदान गर्नेछ।’

यो पहलले यामाहाको ग्राहक सन्तुष्टिप्रतिको समर्पणलाई प्रस्ट्याउँदै ग्राहकहरूलाई यामाहाको प्रविधि र प्रदर्शनलाई प्रत्यक्ष अनुभव गर्न प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...