back
Naima

सभापति खतिवडाले भने, ‘विदेशी लगानीकर्तालाई उत्साहित र स्वदेशीलाई निरुत्साहित गर्ने प्रवृत्ति हाबी भयो’

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले महंगा आयोजनाहरुमा विदेशी कम्पनीहरुले आएर लगानी गर्ने र स्वदेशी लगानीलाई निरुत्साहित गर्ने प्रवृत्तिको विकास भएकोे बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा भएको विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलमा बोल्दै उनले विदेशी लगानीकर्ताको सवालमा नेपाल आउने, काम गर्ने तर २० करोडमा सम्पन्न हुने आयोजना ६० करोडमा सम्पन्न गरेको उदाहरणहरु रहेको बताए ।

नेपालका लगानीकर्ताहरुलाई निरुत्साहित हुने र विदेशीमात्र आएर उत्साहित हुने वातावरण सृजना भएको भन्दै नेपालका उद्योगपति एवम व्यापारीहरु लगानीको अवसरबाट वन्चित हुने अवस्था आउने खालका विद्येयक ल्याउन नहुने धारणा राखे ।

उनले भने,‘नेपालमा विद्युत थोरै भएतापनि निर्यात गर्ने ठाउँमा पुगेको छ । यस्तो बेला नेपालका लगानीकर्ताहरुलाई निरुत्साहित हुने र विदेशीमात्र आएर उत्साहित हुने वातावरण सृजना भयो भने नेपालका उद्योगपति व्यापारीहरु लगानीको अवसरबाट बन्चित हुने अवस्था विद्येयकबाट नहोस भन्ने धारणा हो । कतिपय आयोजनाहरु कस्ता छन् भने नेपालमा लगानी गराइदिने विदेशीहरु आउने काम गर्ने २० करोडमा सम्पन्न हुने आयोजना ६० करोडमा सम्पन्न भएको उदाहरणहरु छन् । मंहगा आयोजनाहरु त्यसमा पनि विदेशी कम्पनीहरुले आएर गर्ने स्वदेशीहरु निरुत्साहित हुने प्रवृत्तिको विकास भएको छ ।’

त्यस्तै ,सांसद रघुजी पन्तले अहिलेको युगमा विद्युतलाई केवल व्यापारको रुपमा मात्र नभई राष्ट्रिय सम्पत्ति र शक्तिको रुपमा पनि बुझ्नुपर्ने बताए ।

उनले भने,‘अहिलेको युगमा विद्युत भनेको केवल विद्युत मात्र होइन । विद्यतु भनेको एउटा राष्ट्रिय सम्पति पनि हो । शक्ति पनि हो । त्यसलाई विद्युतीय व्यापारको रुपमा ,पैसा आउने रुपमा मात्र हेर्नु हुँदैन् । विद्युत बाहिर बेच्न भन्दा पनि देशभित्र विद्युत बढि भन्दा बढि कसरी खपत गर्न सकिन्छ । त्यसमा सरकारको ध्यान जान जरुरी छ ।’

उनले नेपालको विद्युतको बजार भारतमा मात्र सिमित भयो भने अप्ठ्यारोमा पर्न सकिने भन्दै चीनसँगपनि विद्युत बेच्ने पहल गर्नुपर्ने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...