back
himalayan life

शाओमीको साउन्ड आउटडोर स्पिकरः कम्प्याक्ट, शक्तिशाली र टिकाउ

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा शाओमी साउन्ड आउटडोर स्पिकर सार्वजनिक गरेको छ।

अत्याधुनिक विशेषताहरूले भरिपूर्ण यो स्पिकरले पार्टी आयोजना गर्दा होस् वा एक्लै विश्राम लिँदा होस् यसले शक्तिशाली अडियो, लामो समयसम्मको प्रदर्शन र मजबुत टिकाउपनाको सुनिश्चितता प्रदान गर्ने कम्पनीले बताएको छ।

शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले आफ्नो विचार राख्दै भने, “हाम्रा ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै नवीन, टिकाउ र स्टाइलिस उत्पादन प्रदान गर्ने लक्ष्यका साथ हामीले शाओमी साउन्ड आउटडोर स्पिकर नेपाली बजारमा ल्याएका हौँ। यसको मजबुत विशेषता र किफायती मूल्यले नेपालमा आउटडोर अडियो अनुभवलाई नयाँ परिभाषा दिनेमा हामी ढुक्क रहेका छौँ।”

अवार्ड विनिङ डिजाइन

शाओमी साउन्ड आउटडोर स्पिकरले प्रतिष्ठित रेड डट डिजाईन अवार्ड जित्न सफल भएको थियो। यो स्पिकर तीन आकर्षक रंगहरू—ब्ल्याक (ओरेन्ज ह्यान्डल), रातो र नीलोमा उपलब्ध रहेको छ। कम्प्याक्ट साइजमा बनेको यो स्पिकरको आकार १९७ह६८ह६६ मिलिमिटर र तौल भने मात्र ५९७ ग्राम रहेको छ।

अडियो र कनेक्टिभिटीमा उत्कृष्टता

३० वाटको पावरफुल अडियो आउटपुट र डुअल पासिभ वुफर समावेश रहेको शाओमी साउन्ड आउटडोर स्पिकरले ६० हर्जदेखि २० किलोहर्जसम्मको फ्रिक्वेन्सीमा उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ।

ब्लुटुथ ५.४ कनेक्टिभिटीलाई सर्पोट गर्ने यो स्पिकर सजिलै अन्य डिभाइससँग कनेक्ट हुन्छ र कल सपोर्टको सुविधा पनि यसले प्रदान गर्छ। साथै अझै ठूलो अडियो सेटअपको लागि प्रयोगकर्ताहरूले दुई स्पिकरलाई स्टेरियोको रूपमा पेयर गर्न पनि सक्नेछन् वा पार्टी माहोल बनाउन यो स्पिकरलाई १०० वटासम्मका स्पिकरलाई लिंक गर्न सकिनेछ।

टिकाउपन र ब्याट्री लाइफ

विशेषगरी आउटडोर प्रेमीहरूका लागि डिजाइन गरिएको र आइपि ६७ रेटिंग पाएको शाओमी साउन्ड आउटडोर स्पिकर धूलो र पानी प्रतिरोधी पनि रहेको छ। लामो समयसम्म चल्ने यसको ब्याट्रीले एक पटकको चार्जमा १२ घण्टासम्म प्लेब्याक प्रदान गर्दछ।

साथै यो केवल २.५ घण्टामा पूर्ण रूपमा चार्ज हुने यो स्पिकरले लामो यात्रामा पनि अविरल मनोरञ्जन सुनिश्चित गर्दछ। स्टाइल, कार्यक्षमता र टिकाउपनलाई संयोजन रहेको शाओमी साउन्ड आउटडोर स्पिकर घरमा वा यात्राको लागि उपयुक्त विकल्प बनाउन सफल भएको छ।

मूल्य तथा बजार उपलब्धता

शाओमी साउन्ड आउटडोर स्पिकरको मूल्य ६,२९९ रहेको छ जुन नेपालभरका आधिकारिक एमआई स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...