back

एनपीएल अवधिमा ओमोडा एन्ड जेइकोको गाडि किन्नेलाई विशेष छुट

काठमाडौं । ओमोडा एन्ड जेइको एनपीएल २०२४ को आधिकारिक ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा रहेको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग २०२४ मा एनपीएलको पहिलो संस्करणलाई विशेष बनाउन कम्पनीले ‘एनपीएल सिजन, डिल्स इन मोसन’ नामक विशेष योजनाको घोषणा गरेको छ।

कम्पनीले ओमोडा ई–फाइभ वा जेइको जे–सिक्स बुकिङ गर्ने ग्राहकहरूका लागि विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराएको छ। यी सुविधाहरूमा नगद छुट, एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर, अटो प्लस कम्प्रिहेन्सिभ बीमा, र आर्थिक वर्ष २०८१/८२ का लागि निःशुल्क सडक कर जस्ता लाभ समावेश छन्।

ओमोडा ई–फाइभ एक पूर्ण विद्युतीय एसयूभी हो, जसले डब्लुएलटीपी मापनअनुसार ४३० किलोमिटर रेन्ज प्रदान गर्छ। त्यस्तै, जेइको जे–सिक्स एक पूर्ण विद्युतीय ‘फोर बाई फोर’ अफ–रोडर एसयूभी हो, जसले ४०० किलोमिटरको डब्लुएलटीपी रेन्ज प्रदान गर्ने क्षमता राख्छ।

यस योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा उत्कृष्ट मूल्य र सहज फाइनान्सिङ सुविधा पाउनेछन्। योजना पुस ६ गतेसम्म मान्य रहने छ। कम्पनीले योजनामा केही नियम तथा सर्तहरू लागू हुने जानकारीसमेत गराएको छ।

ओमोडा एन्ड जेइकोको यो सक्रियता नेपाली क्रिकेटको प्रगतिमा थप योगदान पुर्‍याउने उद्देश्यले गरिएको हो।

कम्पनीले खेलकुद क्षेत्रलाई सशक्त बनाउन आफ्नो उपस्थितिलाई निरन्तर सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...