back
himalayan life

सहरी जीवनशैलीलाई सहज बनाउँदै जिकर एक्स

काठमाडौं । जिकर एक्स, प्रिमियम कम्प्याक्ट एसयुभि हो जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने जिकर एक्स, नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि जिकर एक्स एक उत्कृष्ट एसयुभि हो ।

सरल आधुनिक डिजाइनमा आकर्षक डिजाइज-डिटेलसहित यो गाडीको बोल्ड र ‘एक्स्ट्रोभर्ट फर्म’ पनि निकै आकर्षक देखिन्छ । गाडीको डिजाइन ‘गोल्डेन रेसियो’ मा आधारित छ जुन विभिन्न चित्रकला, वास्तुकला, तथा प्रोडक्ट डिजाइनहरूमा प्रयोग हुनुका साथै अहिलेसम्म पनि उत्कृष्ट गाडीको डिजाइनहरूमा प्रयोग गरिन्छ ।

२७५० मिलिमिटरको ह्विलबेसमा ४४३२ मिलिमिटर लामो र १५६६ मिलिमिटर अग्लो उभिएको जिकर एक्स व्यस्त सहरी सडकका लागि उत्कृष्ट आकार वा साइजको रहेको छ । टाढाबाट हेर्दा गाडीको आकर्षक डिजाइनले र आँखा लोभ्याउँछ भने नजिकबाट नियाल्दा झनै आकर्षक डिजाइन डिटेलहरू देख्न सकिन्छ । जस्तै, गाडीको ढोकाहरू ‘फ्रेमलेस’ डिजाइन प्रयोग भएकोले सरल, आकर्षक र आधुनिक देखिन्छ । त्यसैगरी, यसको ‘विन्डो सिलिङ स्ट्रिप्स’ पनि आधुनिकता र सरलतालाई निरन्तरता दिँदै डिजाइन गरिएको कारण झ्यालको ‘सिट मेटल’को भाग र ‘ग्लास’ को भाग नछुट्टिकन एकरूपताका साथ जोडिएको देखिन्छ ।

जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम-आयोन ब्याट्री रहेको छ जसले उत्कृष्ट इनर्जि डेन्सिटि र लामो समयसम्म स्थायित्वका लागि ‘सिएटिएल’ कम्पनिको ‘एनएमसि सेल’ प्रयोग गर्दछ । गाडीको ‘लङ रेन्ज’ मोडलको रियर एक्जिलमा २०० किलोवाट (२७२ हर्सपावर) र ३४३ न्युटनमिटरको इलेक्ट्रिक मोटरसहित ‘थर्ड जेनेसेन’ सिलिकन कार्बाइड इन्भर्टर प्रविधि रहेको छ । जसले गर्दा उक्त मोडल, मात्र ५.६ सेकेन्डमा ० बाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ ।

जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट कपपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको एचडि टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडि इन्स्ट्रुमेन्ट प्यानल सहित २४.३ इन्चको ‘अगमेन्टेड रियालिटि हेड-हप डिस्प्ले’ समावेश रहेको छ ।

अगमेन्टेड रियालिटि हेड-अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिन (अगाडीको सिसा) मा नै ग्राफिक्स प्रोजेक्ट हुन्छ । यसबाट सुरक्षित ड्राइभिङका लागि गाडीको गति लगायत विभिन्न सूचना, ‘एडास सिस्टम वार्निङ’ तथा अन्य नेभिगेसन निर्देशनहरू सजिलै अगाडीको अबजेक्ट भ्युमा नै ड्राइभरले देख्न सक्ने गरी प्रोजेक्टेड हुन्छ ।

जिकर ००१ जस्तै सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर (एस इ ए) मा निर्मित जिकर एक्सले उत्कृष्ट मिश्रणको मटेरियल प्रयोग गर्दछ जसमध्ये ७३ प्रतिशत ‘हाइ९स्ट्रेन्थ स्टिल’को प्रयोग भएको छ । यसले गाडीको तौल घटाउँदै उच्चतम स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ ।

पायोनियर मोटो कर्प, देशभरी रहनुभएका ईभि पारखी, गाडी चालक तथा खरिदकर्ता र आदरणीय ग्राहकहरूलाई जिकर एक्सको आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र व्यावहारिक उपयोगिताको एकसाथ प्रयोग भएको एक परिष्कृत ‘अल इलेक्ट्रिक अर्बान एसयुभि – जिकर एक्स’को अनुभव गर्न आमन्त्रित गर्दछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...