back

‘जहिले पनि नेपालको लागि र जहापनी नेपालीको लागि’ भन्दै फुयालको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली समाज गठन

nactional life

काठमाडौँ । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासको काम गर्ने उद्देश्यका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजले नेपालमा नयाँ नेतृत्व चयन गरेको छ ।

लामो समय देखि देश बिदेशका विभिन्न संघसंथाहरु र पत्रकारिता मार्फत देश र समाजको सेवा गर्दै आएका चन्द्र कुमार फुयालको अध्यक्षतामा हिजो शनिबार नेपालको राष्ट्रिय कार्यसमिति गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा डा. के पी घिमिरे र डा. राधेश्याम ठाकुर चयन भएका छन् भने उपाध्यक्षहरुकै संयोजकत्वमा पछि विभिन्न विभागीय समिति गठन गर्ने गरि आर बी भण्डारी, दामोदर नेपाल, जे पी सापकोटा, पबित्र थापा मगर, आचल कुमार शर्मा , बिष्णु सुबेदी, निर्मलहरि आचार्य , नारायणकाजी घिमिरे र मोहन सिंह साउद उपाध्यक्षहरुमा चयन भएका छन् ।

त्यसैगरी महासचिवमा एस पी उप्रेती र सह महासचिवमा उद्धव भट्टराइ, सचिवहरुमा अरुण राज पाण्डे, सुदीप घिमिरे, दीप सुदीपू, निर्मला खड्का , रुश्मा राई, स्मृति बुढाथोकी र तिलक कार्की चयन भएका छन् ।

समितिको कोषाध्यक्षमा, इन्दिरा गौतम, सह-कोषाध्यक्षमा भद्रा राउत र अनामिका बस्नेत, चयन भएका छन् भने सदस्यहरुमा सुजता पोखरेल, शिलु शर्मा, निर्मल श्रेष्ठ, तिर्थ नारायण श्रेष्ठ, दिपक बस्नेत, खेम आचार्य, साम्भवि शिवाकोटी, सन्तोष खत्री, अभिनेश्वोर कार्की , मनिता बस्नेत, वालमुकुन्द मैनाली, मनोज बाबु बस्नेत, सुजन बाबु बस्नेत, रुपा राई, मनिता बस्नेत , चन्द्रकला खत्री , भिम बहादुर कार्की , बिशाल गिरि , दीपा दिपारी , दिपक खत्री , सम्झना बस्नेत , पारु बिश्वकर्मा, पुष्प यादव , थमान सिंह तामांग र कृष्ण सुनुवार चयन भएका छन् ।

अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा अनलाइन मार्फत भएको उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा काठमाडौं विश्वविद्यालयका पूर्व डीन प्राडा टंक नाथ शर्मा थिए भने बिशिष्ट अथितिहरुमा प्राडा बिष्णु कार्की , प्रा.डा. मोतिलाल घिमिरे , प्रा.डा. पुष्प दमाइ , प्रा.डा. श्याम शर्मा , डा. तारामणि राइ , गोबर्दन पुजा , प्रा.डा. राजन प्रसाद पोख्रेल, प्रा.डा. श्रीराम प्रसाद उपाध्याय, प्रा.डा. लक्ष्मण प्रसाद ज्ञवाली, सह -प्रा.डा. धन प्रसाद सुवेदी, सह- प्रा.डा. प्रकाश चन्द्र भट्टराई, डा. रेणुका सोलु , डा. जानुका पौडेल नेपाल लगाएतको उपस्थिति रहेको थियो।

नवगठित नेपालको राष्ट्रिय कार्यसमितिलाई प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।

तेस्तै नवगठित कार्यसमितिको तर्फबाट केन्द्रिय प्रबक्ता तथा नवगठित अध्यक्ष चन्द्र कुमार फुयाललगायत वरिष्ठ उपाध्यक्ष के पी घिमिरे, उपाध्यक्ष दामोदर नेपाल महासचिव एस पी उप्रेती, कोषाध्यक्ष, इन्दिरा गौतम लगाएतले प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले भने, ‘देशविदेशमा रहेका नेपालीहरू सङ्गठित भएर एक आपसमा सहयोग गर्दै नेपालका विभिन्न क्षेत्रको अध्ययन अनुसन्धान गरी नेपाली भाषा, साहित्य, कला, संस्कृति, भेषभुषा, रितिरीवाज, रहनसहनको संरक्षण, संवर्द्धन तथा नेपाली स्रोत, साधन, सम्पदा, पर्यटन तथा कृषिजन्य उत्पादनको प्रवर्द्धनका साथै नेपालीले देश विदेशमा सिकेको ज्ञान, सीप, क्षमता र दक्षतालाई देशको सर्वोपरी हित तथा वर्तमान स्थितिमा कोरोना–१९को माहामरी नियन्त्रण, जोखिममा रहेका मानिसको उद्धार र उपचार साथै तनाव न्यूनीकरणमा उपयोग गर्न अन्तर्राष्ट्रिय नेपाली समाज सधै कटिबद्ध छ र निरन्तर अघाडी बढिरहेको छ ।’

‘जहिले पनि नेपालको लागि र जहापानी नेपालीको लागि भन्ने हाम्रो प्रमुख नारा चरितार्थ पार्नलाई समय सान्दर्भिक परिणाममुखी कार्यक्रमहरुको योजना बनाउदै र तिनीहरुको कार्यनयन गर्दै द्रुत गतिमा अघाडी बढिरहेका छौं र आजको नवगठित समिति तेसैको एक परिणाम हो’, केन्द्रिय माहासचिब अर्जुन श्रीले थपे। नव मनोनीत अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रबक्ता चन्द्र कुमार फुयालले नेपालको कार्यसमिति तुरुन्तै अग्रपंक्तिमा खटिइ महामारीको चपेटामा परेका नेपालीलाई मलम लगाएपछि मात्र अरु गतिविधिमा सलग्न हुने जानकारी गराए ।

२०७८ जेठ २ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक...

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

वि.सं.२०८३ जेठ १८ सोमवार १८:४६

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई...

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

वि.सं.२०८३ जेठ १८ सोमवार १८:३८

जनकपुर । चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण...

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र...

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४...