back

इण्डोनेसिया सरकारबाट अध्यक्ष ढकाल सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत चन्द्रप्रसाद ढकाल इण्डोनेसिया सरकारबाट सम्मानित भएका छन् ।

नेपाल र गणतन्त्र इण्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भुमिकाको कदर गर्दै इण्डोनेसियाले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।

इण्डोनेसियाको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इण्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भुमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ । इण्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इण्डोनेसियाली राजदुत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरे।

यो सम्मानले नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवर्द्धन, साँस्कृतिक आदानप्रदान र दुई देशबिचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ ।

समारोहमा बोल्दै राजदुत सुवोलोले ढकालको प्रयासले दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कुटनैतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए । ढकालले सम्मानका लागि इण्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै पुरस्कारले आफूलाई नेपाल र इण्डोनेसियाबीच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताए ।

नेपाल र इण्डोनेसियाबीच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरुलाई भिषा फ्रि सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले यि सम्झौताले दुई राष्ट्रबीचको कुटनितिक सम्बन्धलाई सुदृढ गर्ने बताए ।

उनले दुई देशबिच हुने सरकारी भ्रमणहरुलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे। उनले इण्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकहरुको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै कोरोना महामारी अघि इण्डोनेसिया जाने नेपालीहरुलाई अन अराइभल भिसा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले यसलाई पुनः सुचारु गर्न इण्डोनेसिया सरकारसँग आग्रह गरे।

nactional life
Corporatebazar 11 Anniversary

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:१६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको...

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको...