back
himalayan life

तिहारपछिको पहिलो कारोबार दिन ०.२१ अंकले घट्यो नेप्से

काठमाडौं । तिहारको बिदापछिको पहिलो कारोबार दिन आज नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ०.२१ अंक घटेर २६७७.४० विन्दुमा बन्द भएको छ।

आज सेन्सेटिभ इण्डेक्स ०.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज ३०२ स्टकको ४७ हजार ५१५ पटकको कारोबारमा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँ बराबरको ९७ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सुपर माइ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०३ रुपैयाँ ७० पैसा बढेर १ हजार १४० रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य साढे प्रतिशत बढेको छ।

त्यसैगरी, कारोबारमा आएको मिड सोलु हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०६ रुपैयाँ १० पैसा घटेको छ। नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आज सानिमा जीआईसी इन्स्योरेन्सको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनएलजी इन्स्योरेन्सको करिब १६ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको हो । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...