back
himalayan life

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

व्याजदर अझै घट्न सक्ने

काठमाडौं । बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै देखिएको छैन । यसले लगानीकर्ताहरु लगानी गर्न हिच्कीचाएको प्रष्ट देखाउँछ । यो कुराले कोभिडपछि निरन्तर ओरालो लागेको अर्थतन्त्र अझै पनि उकासिने संकेत देखिँदैन । सरकारले तामझाम गरेर लगानी सम्मेलन पनि गरेकै हो । बैंकवित्तको व्याजदर पनि सस्तो अबस्थामै छ । तथापि लगानीकर्ताहरु मौन छन् । खास कारण के हुन सक्छ । अर्थतन्त्रमा आएका विभिन्न शिथिलता घरजग्गाको कारोवार नहुनु एउटा पक्षले देखाएको छ भने सहकारी क्षेत्रमा देखिएको समस्या अर्र्को पक्षले देखाएको छ ।

अहिले बैंकवित्तको व्याज निकै सस्तो छ । बैंकवित्तको व्याजदर अहिले करिव ८ देखि ९ प्रतिशतको हाराहारीमा छ । एकल विन्दुमा झरेको कर्जाको व्यादरले लगानीका लागि अत्यन्तै राम्रो संकेत गर्दछ। तथापि यो अबस्थामा पनि अर्थतन्त्र चलायमान देखिएको छैन । केन्द्रीय बैंकले अन्तर बैंक दर बढाउन पटकपटक तरलता खिच्दा पनि ब्याजदर झनै घटेको छ । आर्थिक गतिविधिमा आएको सुस्तताले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग कम छ । रेमिट्यान्स आप्रबाहमा आएको सुधारले वित्तीय प्राणलीमा निक्षेप बढेको अवस्था छ भने कर्जा लगानी स्थीर नै छ । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या गहिरिदै गएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अल्पकालिन ब्याजदरमा अस्वभाविक उतार चढाव आउने भएपछि केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन मार्फत तरलता खिच्ने र ब्याजदरलाई स्थायीत्व दिने काम गर्छ ।

तरलता व्यवस्थापन तथा व्याजदरको अस्वभाविक उतारचढाव नियन्त्रण गर्नका लागि केन्न्द्रीय बैंकले हालै ५० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेको छ । केन्द्रीय बैंकले माग गरेको ५० अर्बको निक्षेप संकलनका लागि बैंक वित्तीय संस्थाले ७१ अर्ब ८० करोड रुपैयाँ बरावरको आवेदन दिएका थिए । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले ब्याजदर घटेर केन्द्रीय बैंकले माग गरे भन्दा धेरैको आवेदन परेको थियो । यसले व्याजदर अझै घट्न सक्ने देखाउँछ ।

केन्द्रीय बैंकले ५० अर्बको निक्षेप लिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई उक्त निक्षेपको अधिकतम ब्याजदर ३.०१०० र न्यूनतम २.६९९९ प्रतिशत ब्याज दिएको छ । पछिल्लो समयमा अन्तर बैंक दर करिडोरको तल्लो सीमा भन्दा कम छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

वि.सं.२०८३ असार १४ आइतवार १३:५८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ)...

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार १४ आइतवार १३:४१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...