back
skip this gaugauma singhadarbar

सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी वचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् ।

सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको बताउदै उनले अब कोही पनि ठगहरू राज्यको नजरबाट भाग्न नसक्ने बताएको हो । उनले सहकारीको रकम अपचलन गरेको आरोपमा व्यक्तिमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको भन्दै चिन्ता पनि व्यक्त गरो छन् ।

‘विगतमा विभिन्न प्रकरणमा विभिन्न व्यक्तिहरू अनुसन्धान र कारबाहीको दायरामा आइसकेका छन्। अहिले सहकारीको प्रसङ्ग उठेको छ । सहकारी ठगलाई कारबाही गर्दा मात्रै पीडितले न्याय पाउने कुरामा वर्तमान सरकार प्रष्ट छ’ मन्त्री गुप्ताले भने, ‘सहकारीको रकम दुरुपयोग अभियोगमा पक्राउ परेका रवि लामिछानेविरुद्ध अनुसन्धान नै हुनुहुँदैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलित भएको छ । अहिले त कस्तो देखियो भने सहकारी ठगलाई कारबाही नगर्ने हो भने यी दलहरू खुसी रहने र कारबाही प्रक्रिया अगाडि बढाउँदा दुःखी हुने अवस्था सृजना भयो । तर, सरकार अघि बढिसक्यो अब कोही पनि ठगहरूले उन्मुक्ति पाउने अवस्था छैन ।’

फरक धार भनेर उदाएको पार्टीले नै सुशासनको पक्षमा भएको कामको विरोध गर्नु नेपाली जनताका लागि दुर्भाग्य भएको उनको भनाइ छ । मन्त्री गुप्ताले यसअघि विभिन्न प्रकरणमा एमाले र कांग्रेसका उच्च तहका नेताहरूलाई समेत जेल चलान गरिएको र त्यस विषयमा ती पार्टीले कुनै पनि आन्दोलन नगरेको स्मरण पनि गराएको छ । तर, रास्वपासहित प्रतिपक्ष दलहरूले सरकारविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गर्नुले ती दलहरू सुशासनको पक्षमा नरहेको स्पष्ट भएको उनको भनाइ छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले प्रतिपक्ष दलहरूको आन्दोलनबाट सरकार नडगमगाउने र दोषीलाई कारबाही गरेरै छाड्ने स्पष्ट गरे ।


मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव

मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव

वि.सं.२०८२ भदौ १५ आइतवार १३:५१

बर्दिया । गुलरिया नगरपालिका वडा नं ३ बस्ने बाबुराम यादव...

च्याउ खेतीतर्फ आकर्षित हुँदै मुगुका युवा

च्याउ खेतीतर्फ आकर्षित हुँदै मुगुका युवा

वि.सं.२०८२ भदौ ८ आइतवार ११:३९

मुगु । मुगु जिल्लाका युवाहरु पछिल्लो समय च्याउ खेती तर्फ...

६/७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : सहकारी मन्त्री

६/७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : सहकारी मन्त्री

वि.सं.२०८२ भदौ २ सोमवार १८:१७

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

वि.सं.२०८२ जेठ २५ आइतवार १२:३५

उपभोक्ता सहकारीको अवधारणा सामाजिक, आर्थिक र नैतिक मूल्यमा आधारित सामूहिक...

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३८

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति...

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:२९

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब...