back
nactional

वाणिज्य बैंकहरूले सरकारलाई तिरे करिब ४ अर्ब आयकर, कुन बैंकले कति तिरे ?

काठमाडौं । देशमा सन्चालित वाणिज्य बैंकहरूले सरकारलाई करिब ४ अर्ब रुपैयाँ आयकर तिरेका छन् ।

नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारलाई ३ अर्ब ९३ करोड ७ लाख रुपैयाँ आयकर तिरेका हुन्।

यो दुई महिनामा सरकारलाई सबै भन्दा बढि आयकर तिर्ने ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले अन्य बैंकको तुलनामा आथिक वर्षको साउन र भदौ महिनामा सरकारलाई ३८ करोड २ लाख रुपैयाँ तिरेको छ ।

त्यसैगरी सरकारलाई बढि आयकर तिर्ने दोस्रो नम्बरमा नबिल बैंकले ३४ करोड ४ लाख रुपैयाँ आयकर तिरेको छ भने तेस्रो नम्बरमा कृषि विकास बैंक रहेको छ । बैकले यो दुई महिनामा ३२ करोड ६ लाख रुपैयाँ सरकारलाई आयकर तिरेको सावर्जनिक तथ्यांकमा छ ।

अन्य बैंकको तुलनामा माछापुच्छ्रे बैंकले सबै भन्दा कम आयकर तिरेको छ । बैंकले दुई महिनामा ८ करोड ६ लाख रुपैयाँ आयकार तिरेको हो ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले १५ करोड ४ लाख, नेपाल इन्भेस्ट्मेन्ट मेगा बैंकले २४ करोड ७ लाख, स्ट्यान्डर्ड चाटर्ड बैंकले १३ करोड ३ लाख, हिमालयन बैंकले २५ करोड २ लाख, नेपाल एसबिआई बैंकले १६ करोड ४ लाख रुपैयाँ सरकारलाई आयकर तिरेका हुन् ।

त्यसैगरी एभरेष्ट बैंकले १८ करोड १ लाख, एनआसि एसिया बैंकले ११ करोड ४ लाख, कुमारी बैंकले २३ करोड २ लाख, लक्ष्मी सनराइज बैंकले १८ करोड ५ लाख, सिद्धार्थ बैंकले १४ करोड ९ लाख, सिटिजन्स बैंकले १४ करोड ६ लाख, प्राइम कमर्सियल बैंकले २१ करोड ६ लाख, एन एमबि बैंकले १८ करोड ३ लाख, प्रभु बैंकले २३ करोड र सानिमा बैंकले १६ करोड ४ लाख रुपैयाँ आयकर तिरेका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

वि.सं.२०८३ भदौ १ सोमवार १५:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व...

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १२:४२

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...