back

एभरेष्ट बैंकले मनायो ३० औं वार्षिकोत्सव

काठमाडौं । एभरेष्ट बैंकले ३० औं वार्षिकोत्सव कार्तिक १ गते का दिन भव्यताका साथ मनाएको छ । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरmमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ ।

३० औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाइ भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट एक करोड को आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रममा, एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरे । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गतनै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौं कोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

पंजाब नेशनल बैंक, भारतसंगको संयुक्त लगानीमा स्थापित यो बैंक स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइमा रहेको छ । करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु र १६७ एटिएम मेशीनसहित विश्वब्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले बिभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...