विभिन्न भन्सार कार्यलयबाट २ महिनाममा साढे २ अर्ब बढिको आयात
वि.सं.२०८१ कात्तिक १ बिहीवार
काठमाडौं । विभिन्न भन्सार कार्यलयबाट भदौ र असोज महिनामा नेपालमा २ खर्ब ६२ अर्ब ५४ करोड २ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।
त्यसैगरी राष्ट्र बैंकको तथ्यांक अनुसार सोही अवधिमा विभिन्न भन्सार कार्यलयबाट २५ अर्ब ९ करोड ३ लाख रुपैयाँको वस्तु तथा सेवाको निर्यात भएको छ ।
सावर्जनिक तथ्यांक अनुसार सबैभन्दा बढी बिरगञ्ज भन्सार कार्यलयबाट ८४ अर्ब ६८ करोड २ लाख रुपैयाँको वस्तु आयात भएको छ भने सोहि अवधिमा अन्य भन्सार कार्यलयको तुलनामा कन्चनपुर भन्सार कार्यलयबाट २ करोड ९५ लाख रुपैयाँको वस्तु आयात भएको हो ।

प्रकाशित समय : १२:०३ बजे





















