शिवम् होल्डिङ्ग्सले पारित गर्यो ११ करोड ६० लाख नगद लाभांश
वि.सं.२०८१ असोज ३० बुधवार
काठमाडौं । शिवम् होल्डिङ्ग्सले ११ करोड ६० लाख रुपैयाँको नगद लाभांश पारित गरेको छ ।
शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङ्ग्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शिवम् होल्डिङ्ग्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको वार्षिक साधारण सभाले कम्पनीमा हाल कायम शेयर धनीहरुलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै कम्पनीको आव २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावमाथि छलफल गरी साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १७:५९ बजे





















