लिवर्टी ईनर्जीले ५० प्रतिशत हकप्रद निष्काशनका लागि स्विकृति पायो
वि.सं.२०८१ असोज ३० बुधवार
काठमाडौँ। लिवर्टी ईनर्जी कम्पनीले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाएको छ ।
चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशनका लागि कम्पनीले बोर्डबाट स्विकृति पाएको जनाएको छ ।
कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । हाल कम्पनीको १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
हकप्रद शेयर विक्रीबाट ७५ करोड रुपैयाँ प्राप्त भएसँगै कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब २५ करोड पुग्ने छ ।
प्रकाशित समय : १३:१३ बजे




















