एनएमबि क्यापिटलले बोलायो साधारणसभा
वि.सं.२०८१ असोज ३० बुधवार
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले कार्तिक ३० गते १४औं वार्षिक साधारणसभा बोलाएको छ ।
असोज २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा दिउँसो ४ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
प्रकाशित समय : १२:५४ बजे




















