सुनको मूल्यले नयाँ रेकर्ड राख्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ असोज ३० बुधवार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य तोलमा १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत असोज १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम थियो । मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो ।
महासंघका अनुसार मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९५० रुपैयाँ कायम भएको हो ।
प्रकाशित समय : ११:२० बजे




















