back

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

मुल्य कति छ ?

nactional life

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले दुईवटा शक्तिशाली फिचर्सका साथ ग्यालेक्सी ए १६ ५ जी लञ्च गरेकाे हाे । कम्पनीले हाल यसलाई युरोपमा सार्वजनिक गरेको छ । याे ए १५ ५ जी(A15 5G) को सक्सेसर हो। अघिल्लो संस्करणको तुलनामा कम्पनीले यसमा ठूलो स्क्रिन, ब्याट्री र अन्य सुविधाहरू दिएको छ ।

ग्यालेक्सी ए १६ ५ जीमा, तपाईंले ६ देखि ७ इंचकाे डिस्प्ले पाउनुहुनेछ। याे ९० Hz रिफ्रेस रेट समर्थनको साथ आउँछ। यसमा एक्सीनाेस १३३० (Exynos 1330) प्रोसेसर दिइएकाे छ। फोनमा ट्रिपल रियर क्यामेरा सेटअप पनि उपलब्ध रहेकाे छ।

के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जीमा ६.७ इंचकाे एफएचडी+ सुपर एमाेलेड(FHD+AMOLED) डिस्प्ले छ। यसमा ९० Hz रिफ्रेस रेट सपोर्टको साथ आउँछ। यसमा Exynos 1330 प्रोसेसर छ। ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको यो स्मार्टफोनलाई माइक्रो एसडी कार्डको सहायताले १.५ टिबीसम्म विस्तार गर्न सकिन्छ।

ह्यान्डसेटले एन्ड्रोइड १४ मा आधारित वन यूआइ ६ मा काम गर्छ। यसमा ५० एमपी मुख्य लेन्सकासाथ ट्रिपल रियर क्यामरा सेटअप छ। यसमा ५ एमपी अल्ट्रा वाइड एंगल र २ एमपी म्याक्रो लेन्स छ। फ्रन्टमा कम्पनीले १३ एमपी सेल्फी क्यामेरा दिएको छ ।

स्मार्टफोनको सुरक्षाका लागि साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर दिइएको छ । यो फोनमा आइपी५४(IP54) रेटिङ उपलब्ध छ। यसमा फाइभ जी(5G) सपाेर्ट पाउन सकिनेछ । ह्यान्डसेटलाई पावर दिन ५००० एमएएच ब्याट्री प्रदान गरिएको छ जसले २५ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्छ।

मुल्य कति छ ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी तीन रंगकाे विकल्पकासाथ लन्च गरिएको छ। यसको ४ जीबी -याम+ १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २४९ यूरो (करिब ३७ हजार रूपैयाँ) छ। कम्पनीले अहिलेसम्म यो फोन नेपालमा भने लन्च गरेको छैन ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार ३ बुधवार ०९:१७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ३ बुधवार ०९:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...