back

बैंकहरुद्धारा नयाँ ब्याजदर सार्वजनिक, यस्तो छ बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर

काठमाडौं । बैंक तथा वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको हरेक महिनामा नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने निती अनुसार वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले हिजो(शनिबार जेठ १) देखि लागू हुनेगरी नयाँ ब्याजदर सर्वाजनिक गरेका हुन् ।

कोभिडको कारणले ब्याजदर परिर्वतनमा निकै प्रभाव पार्ने अनुमान भएपनि बंैकहरुले ब्याजदरमा सामान्य मात्रै हेरफेर गरेका छन् भने कतिपय बैंकहरुले भने स्थिर नै राखेका छन् । बैंकको कर्जा र निक्षेपको ब्याजदरमा खासै ठूलो परिवर्तन देखिएको छैन । यस्तो छ बैंकहरुले सार्वजनिक गरेको निक्षेप र कर्जाको नयाँ ब्याजदरः

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले बचतमा १.५२ प्रतिशत र मुद्दति निक्षेपमा ६.५२ प्रतिशत व्याजदर निर्धारण गरेको छ । चैत मसान्तसम्मको आधार दर ६.७७ प्रतिशत रहेकोमा यस बैंकले सोही आधार दरमा ७ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको हो । यस्तै स्थिर कर्जाको लागि बैंकले १२.७७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतमा २.५५ प्रतिशत र व्यक्तिगत मुद्दतिको अधिकतम ७.५० प्रतिशत निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधार दर ७.४६ प्रतिशत रहेको छ । बैंकले यसमा न्यूनतम १.५० प्रतिशत देखि अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने जनाएको छ ।

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम १.५१ प्रतिशत देखि अधिकतम ३.५१ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५१ प्रतिशत ब्याज दिने भनेको छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतिको ब्याजदर हो । ३ महिनाको मुद्दतिको ब्याजदर ५.०१ प्रतिशत निर्धारण गरेको छ ।

बैंकको चैत मसान्तसम्म आधार दर ६.१८ प्रतिशत छ । बैंकले यसमा ७ प्रतिशतस सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९ प्रतिशत देखि ११.५० प्रतिशत सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत देखि ७.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ५ प्रतिशत देखि ६.५० प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशत देखि ५ प्रतिशत सम्म ब्याजदर तोकेको छ । यस बैंकले असार महिनाको आधार दर ५.८ प्रतिशत अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत देखि अधिकतम ४.७५ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ७.७५ प्रतिशत निर्धारण गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो ।

बैंकको चैत मसान्तसम्मको आधार दर ७.७७ प्रतिशत रहेको छ । बैंकले यसमा ६ प्रतिशत सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिने जनाएको छ । स्थिर कर्जाको लागि ११.४९ प्रतिशत देखि १२.९९ प्रतिशत ब्याज दर निर्धारण गरेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको न्यूनतम ५ प्रतिशत देखि अधिकतम ब्याज ७ प्रतिशत निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ७.१९ रहेको छ । साथै यसमा अधिकतम ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याजदर २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ८.२५ प्रतिशत देखि न्यूनतम ४.७५ प्रतिशत निर्धारण गरेको छ। बैंकको चैत मसान्तसम्मको आधार दर ६.१० प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह
गर्ने बैंकले जनाएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत निर्धारण गरेको छ । यता व्यक्तिगत मुद्दतिको न्यूनतम ब्याजदर ४ प्रतिशत देखि अधिकतक ब्याजदर ७ प्रतिशत निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७ प्रतिशत निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ७.०९ प्रतिशत निर्धारण गरेको छ । सोही आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९ प्रतिशत देखि अधिकतम १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

मेगा बैंक

मेगा बैंकले बचतको न्यूनतम २.७५ प्रतिशत देखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ७.२५ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७.५९ प्रतिशत निर्धारण गरेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने बैंकले जनाएको छ ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २ प्रतिशत देखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज निर्धारण गरेको छ । चैत मसान्तसम्मको बैंकको आधार दर ७.२३ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५० प्रतिशत देखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५ प्रतिशत देखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ प्रतिशत र एक वर्ष माथि ७.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकको चैतसम्मको आधार दर ६.७९ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

प्रभु बैंक

प्रभु बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यनतम ५.५० प्रतिशत देखि अधिकतम ७ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । बैंकको चैतसम्मको आधार दर ७.०६ प्रतिशत निर्धारण गरेको छ । बैंकले सोही आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्यनतम ९.९९ प्रतिशत देखि अधिकतम ११.९९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा न्यूनतम १.७५ प्रतिशत देखि अधिकतम ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५० प्रतिशत देखि ६.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको चैत महिनामा आधार दर ७.६३ प्रतिशत छ । बैंकले न्यूनतम १०.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले बचतमा न्यूनतम २ प्रतित देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५ प्रतिशत देखि अधिकतम ७ प्रतिशत सम्म ब्याजदर दिने भएको छ ।

बैंकको चैत महिनामा आधार दर ६.९९ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५ प्रतिशत सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९ प्रतिशत देखि अधिकतम १०.९९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याजदर ३.५० प्रतिशत देखि अधिकतम ५ प्रतिशत निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत देखि न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४८ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६ प्रतिशत देखि अधिकतम ४.५० प्रतिशत निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत देखि न्यूनतम ७.७६ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४ प्रतिशत निर्धारण गरेको छ । यसमा अधिकतम ६.९९ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत देखि अधिकतम ५ प्रतिशत निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशत देखि न्यूनतम ७ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५ प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंक अफ काठमान्डू

बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत र अधिकतम ४ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको चैत मसान्तसम्मको आधार दर ७.६० प्रतिशत रहेको छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत देखि अधिकतम ४ प्रतिशत निर्धारण गरेको छ । त्यस्तै व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५ प्रतिशत र न्यूनतम ७.२५ प्रतिशत निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९ प्रतिशत देखि अधिकतम १२.९९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

२०७८ जेठ २ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १३:४२

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:३७

काठमाडौं । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण...