ब्रोकर कम्पनीको नयाँ टीएमएस सञ्चालन, के-के छ सुविधा ?
वि.सं.२०८१ असोज २० आइतवार
काठमाडौं आजदेखि शेयर बजारका लगानीकर्ताहरूले नयाँ टीएमएस प्रयोग गरी शेयर कारोबार गर्न पाउने भएका छन् । सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले आजदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउन लागेको हो ।
नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको कम्पनीले जानकारी दिइएको छ । यसमा शेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाई छ ।
अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने छन् । लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण रेकड तथा आफ्नो पोर्टफोलियो पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था हुने जानकारी दिएको छ ।
यसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरू रहेकाले शेयर कारोबार निकै सहज हुने एसोसिएसनको दाबी छ । मोबाइल एप्लिकेसन सहितको यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न थप सहजता प्रदान गर्ने उनीहरूको भनाई छ ।
के छ नयाँ टीएमएसमा सुविधा ?
ब्रोकर कम्पनीको नयाँ टीएमएस भने मोबाइल एप भर्सनमा पनि उपलब्ध छ । नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्सनमा उपलब्ध रहेको छ ।
‘अब मोबाइल एप नै प्रयोग गरेर सजिलो तरिकाले शेयर किनबेच गर्न सकिन्छ ।
नयाँ टीएमएस मार्फत ग्राहरूले कारोबारका लागि धितो (कोल्याटरल) लोड गर्न सकिन्छ, तर कोल्याटरको विवरण सही रूपमा देखिँदैन । नयाँ टीएमएसमा भने लोड भएको कोल्याटरल, खरिदपछि बाँकी रहेको कोल्याटरल सही रूपमा देखिने छ ।
त्यस्तै नयाँ टीएमएस मार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन दिन बाँकी रकमको हिसाबकिताब सही रूपमा हेर्न पाउनेछन् ।
शेयर बिक्री भइसकेपछि त्यहीं रकमबाट तुरुन्तै अरु कम्पनीको शेयर किन्न सक्नेछन् ।
‘नयाँ टीएमएस मार्फत तथ्यांकीय रूपमा पनि विभिन्न कम्पनीको एनलाइसिस गर्न सकिने छ, प्राविधिक विश्लेषणका विभिन्न टुल्स उपलब्ध हुनेछ । आफ्नो टीएमएस खोलिसकेपछि चार्ट हेर्नका लागि अरु वेब तथा एप चलाउनु पर्दैन ।
प्रकाशित समय : १६:०८ बजे






















