back
nactional
Naima

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५६.०९ विन्दुले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५६.०९ विन्दुले बढेर २६५३.५८ अंकमा रोकिएको छ । आइतबार नेप्से २.१५ प्रतिशतले बढेको हो । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । उत्पादनमूलक समूह पनि ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस दिन बजार बढ्दा फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ६.३० प्रतिशत बढेको छ। सबै फाइनान्स कम्पनीहरुको शेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि उच्च दरमा बढ्न पुगेको हो।

गत बुधबार ६ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ६९ हजार ८६० पटकको कारोबारमा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा आज साहस उर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ८३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यता नेपाल फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३० रुपैयाँ ५० पैसा बढेर ३३५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ भने मध्य भोटेकाशी जलविद्युत कम्पनी र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...