इजरायली सेनाले गर्यो हिजबुल्लाहको २ सय ५० मिटर लामो सुरुङ नष्ट
वि.सं.२०८१ असोज २० आइतवार
काठमाडौं । हिजबुल्लाहविरुद्ध इजरायलको आक्रमण जारी छ । यसैबिच इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी सीमा नजिक रहेको हिजबुल्लाहको २५० मिटर लामो सुरुङ नष्ट गरिदिएको छ । यो सुरुङको उद्देश्य अक्टोबर ७ को जस्तै हमला गरेको आईडीएफको भनाई छ ।
गएको हप्ताको अन्त्यमा एक निर्णायक अभियान अन्तर्गत आईडीएफले इजरायलको उत्तरी सीमा नजिक हिजबुल्लाहले बनाएको २५० मिटर लामो सुरुङ खोजेर नष्ट गरिदिएको थियो ।
सुरुङ अक्टोबर ७ को जस्तै हमला गर्न बनाइएको तर यस्तो गल्ती नगर्न इजरायली प्रवक्ताले भनेका छन् । जसले पनि इजरायली नागरिकलाई क्षति पुर्याइरहेका छन् । उता, इजरायली वायुसेनाले पनि आफूले लेबनानबाट भएको हमलालाई रोकिदिएको दाबी गरेको छ । वायुसेनालाई हमलाको अलर्ट प्राप्त भएको थियो ।
लेबनानको हिजबुल्लाहविरुद्ध इजरायली सेनाले ‘लक्षित’ कारबाही सुरु गरेयता ‘जमिनी र हवाई’ आक्रमणमा करिब ४४० हिजबुल्लाह लडाकू मारिएको बताएको छ ।
इजरायलले आफ्नो देशको उत्तरी क्षेत्रमा हिजबुल्लाहको रकेट आक्रमणका कारण विस्थापित भएका हजारौं नागरिकलाई स्वदेश फर्कन दिने लक्ष्य राखेको जनाएको छ ।
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले मध्यपूर्वका सशस्त्र समूहलाई समर्थन गर्ने तेहरानले इजरायलमा करिब २०० क्षेप्यास्त्र प्रहार गरेपछि इरानबाट ‘खतरा’ रहेको बताएको छ ।
प्रकाशित समय : १३:३२ बजे






















