back
himalayan life

इन्फिनिक्सको दशैं धमाका : दैनिक स्कुटर, स्मार्टफोन र अन्य आकर्षक पुरस्कार जित्ने अवसर

काठमाडौं । इन्फिनिक्स स्मार्टफोन ब्रान्डले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘इन्फिनिक्स दशैं धमका’ अफर सार्वजनिक गरेको छ ।

अफरबाट ग्राहकले भेस्पा एलिगेन्ट १५० स्कुटर, स्मार्टफोन र अन्य आकर्षक पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । यो अफर २७ सेप्टेम्बरदेखि ३ नोभेम्बर २०२४ सम्म लागु हुने र नेपालभरिका कुनै पनि आधिकारिक इन्फिनिक्स बिक्रेताबाट उपलब्ध हुनेछ ।

अफरमा के के छन् ?

अफर अवधि समाप्त भएपछि एक भाग्यशाली विजेतालाई एक स्टाइलिस भेस्पा एलिगेन्ट १५० स्कुटर बम्पर पुरस्कारका रूपमा दिइनेछ । प्रत्येक दिन ‘दैनिक राफल’ ड्र मार्फत एक जना ग्राहकले नयाँ इन्फिनिक्स हट ४०आई स्मार्टफोन जित्न सक्नेछन् ।

इन्फिनिक्स स्मार्टफोन किन्नेलाई १०० दिनको स्क्रिन प्रतिस्थापन ग्यारेन्टी प्रदान गरिनेछ ९पानीबाट भएको क्षति समावेश छैन०। ग्राहकहरूले इन्फिनिक्स स्मार्टफोन खरिद गरेपछि डिजिटल स्पिन ह्विल मार्फत विजेता चयन गरिनेछ । यो अफर नेपालभरिका आधिकारिक इन्फिनिक्स बिक्रेता मार्फत उपलब्ध हुनेछ ।

यस्तो छ सहभागी हुने तरिका

२७ सेप्टेम्बरदेखि ३ नोभेम्बर २०२४ सम्म नेपालका कुनै पनि आधिकारिक इन्फिनिक्स बिक्रेताबाट स्मार्टफोन खरिद गर्न सक्नेछन् । स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो आईएमईआई नम्बर दर्ता गर्नुपर्नेछ ।

इन्फिनिक्स स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले ‘स्पिन एन्ड विन ह्विल’ मार्फत रोमाञ्चक पुरस्कारहरू जित्ने मौका पाउनेछन् । विजेतालाई वितरण गरिने पुरस्कारबारे इन्फिनिक्सले जानकारी गराउनेछ । चाडपर्वको माहोलमा इन्फिनिक्स नेपालले ल्याएको यस अफरले ग्राहकहरूमा उत्साह बढ्ने विश्वास कम्पनीको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...